About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
 मंसिर ०५ गते शुक्रबार,तपाईको आजको राशिफल

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

वि.सं.२०७७ साल मंसिर ०५ गते  शुक्रबार , ईश्वी सं.सन् २०२० नोभेम्बर २० तारिख , नेपाल संवत् ११४१ कार्तिक शुक्लपक्ष षष्ठी  तिथि गन्द कोउलव उत्तराषाढ़ा , छठपर्व व्रत अन्तर्राष्ट्रिय बाल दिवस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा ०

आज स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा आउन सक्छ । देशिक क्षेत्रपनि कमजोर रहनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजन सँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ
तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चापनि चल्नेछ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज मन खिन्न हुने स्थिति आउन सक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहन सक्छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, हातलागी भएको रकम अरूका लागि खर्च हुन सक्छ। पछिका लागि लगानी गर्नुपर्ला। सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि तत्काल सोचेको मूल्य भने प्राप्त नहुन सक्छ।

 

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने
जनता समाजबादि पार्टी नेपालको बसहिया कार्यकर्ता भेला सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com