About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
नेकपाको निर्वाचित वडा सदस्य सहित १५० जना काङ्ग्रेसमा प्रवेश

Darpanpost बुधबार, मंसिर ०३, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

उमेश बि.क.

नवलपरासी । नेकपाको निर्वाचित वडा सदस्य विन्द्रावति राजभर सहित १५० जना विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका छन ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं। ६ पुसौलिमा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमा सरावल गाउँपालिका वडा नं। ३ ,५ ,६ र ७ का विभिन्न पार्टी परित्याग गरि १५० जना काङ्ग्रेस केन्द्रीय सदस्य कण्डेलबाट सदस्यता ग्रहण गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यसमिति सभापति बिनोद कुमार पाण्डेयको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य कण्डेलले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए।सरावल गाउँपालिका वडा नं। ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले केन्द्रीय स्तरबाट आफु पहल गरेको बताउदै नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन आग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रको विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै छठ पर्वको शुभकामना ब्यक्त गर्नुभएको हो ।

पछिल्लो एक महिनामा नवलपरासीको विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सभापति बिष्णु पौडेलको दाबी छ ।

कार्यक्रममा केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक,लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,महासमिति सदस्य राधेश्याम चौधरी,महासमिति सदस्य अनिल कुमार गौड , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा राय,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय ,रामग्राम नगर उपप्रमुख रम्भा कुवर,क्षेत्रीय उपाध्यक्ष चन्द्र कुमार गुप्ता ,वडा नं।७ सभापति संजय मिश्रा,दिपक क्षेत्री ,पुर्व महाधिवेशन प्रतिनिधि झिन्कु चौधरी लगाएतको वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गर्दै नवप्रवेसि सदस्यहरुलाई स्वागत गर्दै छठको शुभकामना ब्यक्त गर्नु भएको थियो।

काङ्ग्रेसका केन्द्रिय प्रभावशाली नेता समेत रहेका प्रतिनिधि सभा सदस्य कण्डेलले जिल्लामा सक्रियता बढाए सङ्गै जिल्लामा विभिन्न पाटी परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ। कण्डेलले यश अघि पनि जिल्लामा उल्लेखनीय रुपमा विभिन्न पाटीबाट काङ्ग्रेसमा प्रवेश गराएका कण्डेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि
बैतडीमा जिप दुर्घटना पाँच जनाको मृत्यु , चारजना घाइते

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com