About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
आज भाइ टिका, हेर्नुहास् शिव भगवानको दर्शन गर्दै आजको भाग्यभविश्य

Darpanpost सोमबार, मंसिर ०१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

२०७७ मंसिर १ , सोमवार,अतिगंदा बभ अनुराधा , भाइटीकारगोवर्धन पूजारनेपाल सम्वत ११४१ प्रारम्भरअन्तर्राष्ट्रिय सहनशीलता दिवसरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस

मेष– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ। रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।

वृष– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभा मिल्नेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । व्यावसायिक काममा राम्रै फाइदाको योग छ ।

मिथुन– काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।

कर्कट– विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ।

सिंह– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला ।

कन्या– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।आर्थिक अभावले भने अलि सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।

तुला– आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

वृश्चिक– दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ।

धनु– काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

मकर– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

कुम्भ– सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

मीन– नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बन्ने छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने
जनता समाजबादि पार्टी नेपालको बसहिया कार्यकर्ता भेला सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com