About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
नमस्ते युवा क्लव र ईप्रका बेलाटारीको आयोजनामा बेलाटारीमा सरसफाइ कार्यक्रम सम्पन्न

Darpanpost शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ।  पश्चिम नवलपरासी को प्रतापपुर गाउपालिका वडा न ९बेलाटारी मा नमस्ते युवा क्लव गिदाहा ,ईलाका प्रहरी कार्यालय बेलाटारी र वडा न ९को सयुक्त आयोजनामा आज बेलाटारीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। नमस्ते युुवा क्वलवका अध्यक्ष नन्दु प्रसाद यादव को अध्यक्षता ,प्ररतापपुर गाउपालिका वडा न ९का अध्यक्ष हेमेन्द्र कुमार चौधरीको प्रमुख अतिथ्यता तथा ईलाका प्रहरीकार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेको विशेष अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको हो ।

No description available.

गाउँ घरसफा राखौ ,रोगबाट बचौ ,सबैले चर्पीको प्रयोग गरौ लगायत को नारा सहित बेलाटारीमा सरसफाइ गरि आम नागरिकमा पनि जनचेतना जगाईएको क्लबका अध्यक्ष यादव ले बताउनु भयो।खास गरि गाउघर सफा सुग्घर र रोगबाट बच्ने उदेश्यका साथ सरसफाइ गरिएको बताईएको छ। कोदालो झाडु हसिया लगायतका सामाग्रि लिई सरसफाइ गरिएको हो ।क्लब ले बिभिन्न सामाजिक कार्यक्रम गर्दैआएको छ । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि चौधरीले ले सरसफाइ नै जिवनको लामो आयु रहेकोले सबैले सरसफाइ मा ध्यान बिशेषरुपले रुपमा दिनुपर्ने बताउनु भयो ।  सरसफाइ का लागि आफुले वडा बाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । कार्यक्रम लाई क्लबका सचिव बिनोद कोहार सन्चालन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
चिनियाँ स्टेट काउन्सिलर एकदिने भ्रमणका लागि आज नेपाल आउँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com