About Contact
०८ मंसिर २०७७, सोमबार
Close
बिज्ञापन
च्याउको बीउ वितरण गर्दै सरावल गाउँपालिका

Darpanpost बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

उमेश बि.क.

  नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गरिरहेको छ । पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालीकाले सक्रियता लिएको छ ।

पालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको हो । बिभिन्न मौसमि तथा व्यमौसमि तरकारीबालीका बिउ तथा यो सिजनमा हुने च्याउका बिउ बितरण गरिरहेको छ ।

गाउँपालिका भित्र रहेका ७ वटै वडाका स्थानिय कृषक, कृषि फम तथा समुहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताउनुभएको छ ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको छ । च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि गाउँपालिकाको कार्यालयले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्ने अध्यक्ष चौधरीले बताउनु भएको हो। पछिल्लो समयमा च्याउखेतीतर्फ सरावल गाउँपालिकाका कृषकको आकर्षण बढ्दै गएको छ ।

व्यावसायिक च्याउ खेति गर्नका लागि कृषकहरुको मागका आधारमा च्याउको बिउ ल्याई वितरण भइरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण , तीन हजार ४३ जना निको
पद तथा गोपनीयताको सपथ लिए कांग्रेस सांसद पाण्डेले

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com