About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
बच्चा जन्माउने विषयमा महानायकले यसो भने….

Darpanpost बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

अभिनेता राजेश हमाललाई बिहे नगर्दासम्म कहिले बिहे गर्ने भनेर निकै प्रश्न सोधियो । आफ्ना आफन्त, साथिभाई तथा मिडियाबाट अभिनेता हमालले यो प्रश्नको निकै सामना गरे । तर, ५० वर्षको उमेर सेरोफेरोमा बिराटनगरकी मधु भट्टराईसँग बिहे गरेपछि सबैको मुख बन्द भयो ।

बिहे कहिले गर्ने भन्ने प्रश्‍न त बन्द भयो । तर, आजभोली महानायक हमाललाई कसैले प्रश्न सोध्न पायो भने भन्छ, बच्चा कहिले ? २०१४ मा बिहे गरेको यो दम्पत्तीबाट कुनै बच्चा जन्मिएको छैन । हमालले समेत हरेक मिडिया र प्रश्न सोध्ने सुभेच्छुकहरुलाई विभिन्न किसिमका रमाइला जवाफ दिएर तर्किने गरेका छन् ।

यस बिषयमा महानायकलाई हामीले पनि सोध्यौं, बिहे कहिले गर्ने ? तर, यसपटक महानायकले अलिकति फरक तरिकाले जवाफ दिए । हमालले भने, हेर्नुस बिहे, जन्म, मृत्यु सबै कुरा भाग्यमा लेखिएको हुन्छ । बिहे पनि लेखिएको रहेछ । बिहे भयो । बच्चा पनि भाग्यमा छ भने जन्म होला ।

हमालले अहिले बच्चा जन्माउने बिषयमा कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन् । अहिले न मधुले अपेक्षा गरेको छ, न मैलेु, हमालले फेरी थपे, अहिले कामको व्यस्तता, विभिन्न कारणले सन्तानको योजना बनाएका छैनौं, कुनै दिन त्यो निर्णय भयो भने तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ नि ।

युग देखि युगसम्मबाट चलचित्र यात्रा थालनी गरेका हमालले ३ सयभन्दा धेरै चलचत्रिमा काम गरिसकेका छन् । पछिल्लो चलचित्र सकुन्तलापछि भने कुनै चलचित्रमा काम गरेका छैनन् । हमाल छिट्टै चलचित्र उद्योगमा कमब्याक गर्ने तयारीमा रहेको बुझिएको छ । लोकान्तरबाट

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
चिनियाँ स्टेट काउन्सिलर एकदिने भ्रमणका लागि आज नेपाल आउँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com