About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
प्रहरी र नमस्ते युवा क्लवको आयोजनामा बर्दघाटे मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न

Darpanpost बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव,नवलपरासी पश्चिम ,नवलपरासीको सरावल गाउपालिका वडा न ७ मा नमस्ते युवा क्लव गिदहा ,सशस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवा, प्रहरी चौकि भुजहवा र वडा न ७को सयुक्त आयोजनामा आज भुजहवामा रहेकोे बर्दघाट कालिका मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

नमस्ते युुवा क्वलवका अध्यक्ष नन्दु प्रसाद यादवको अध्यक्षता ,सरावल गाउपालिका वडा न ७का अध्यक्ष हेयात खा धुनियाको प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवाका प्रहरी निरिक्षक खगेन्द्र चन्द्र को विशेष अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको हो ।

गाउँ घरसफा राखौ ,रोगबाट बचौ ,सबैले चर्पीको प्रयोग गरौ ,मन्दिरलाई सफा सुग्घर राखि पर्यटक लाई आर्कषणको क्षेत्र बनाऔ लगायत को नारा सहित रहेको बर्दघाटे कालिका मन्दिरको सरसफाइ गरि आम नागरिकमा पनि जनचेतना जगाईएको क्लबका अध्यक्ष यादव ले बताउनु भयो।खास गरि मन्दिरलाई सफा सुग्घर र रोगबाट बच्ने उदेश्यका साथ सरसफाइ गरिएको बताईएको छ।

कोदालो झाडु हसिया लगायतका सामाग्रि लिई सरसफाइ गरिएको हो ।क्लब ले बिभिन्न सामाजिक कार्यक्रम गर्दैआएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धुनियाले कालिका मन्दिरलाई क्षेत्र कै धार्मिक क्षेत्र को रुपमा बिकास गर्न आफु लागि परेको बताउनु भयो।

मन्दिरको बिकास गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लगायतका योजनारहेमो बताउनु भयो ।मन्दिर बिकासका लागि आफुले वडा बाट बजेट बिनियोजन गर्नेे प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रम लाई क्लबका सचिव बिनोद कोहार सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
चिनियाँ स्टेट काउन्सिलर एकदिने भ्रमणका लागि आज नेपाल आउँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com