About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
तिनाउमा विद्यालय छोड्ने दर घटाउन शैक्षिक सामाग्री र पोषाक वितरण

Darpanpost मंगलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा,मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको छ ।

तिनाउँ गाउँपालिकाको वडा नं १ कचलका २ विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु र विद्यालय पोषाक वितरण गरिएको थियो ।


तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीमगरले गरिवीका कारण विद्यालय छोड्ने दरलाई घटाउन मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोगमा गाउपालिकाले शैक्षिक सामाग्री र विद्यालय पोषाक वितरण गरिएको जानकारी दिनुभयो ।

“विपन्न परिवारका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जनमा सामाजिक संरक्षण मार्फत जीवनस्तर उकास्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोषाक, दिवा खाजा र अभिभावकलाई स्वास्थ्य वीमा गरिएको छ ।”

गाउँपालिका अध्यक्ष घर्ती मगरले भन्नुभयो, “विद्यालय भर्ना नभएका वालवालिकाहरु लाई विद्यालय सम्म पुर्याउन र विद्यालय गएका वालवालिकाहरु लाई विद्यालयमा टिकाउन सहयोग गरेका छौं ।”
वडा नं १ कचलको झिंगामारा र ठूलीउदाङका सिद्ध आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय सहित वडा नं १ र ६ का ४ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा १ सय ८० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकी सहजकर्ता गीता कुमारी भट्राईले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले शिक्षामा सहयोग र टेवा पुर्याउदै रोजगारी सृजना गर्न समेत कार्यक्रम फलदायी रहेको बताउनुभयो । तिनाउ १ कचलका वडा सदस्य अमर तरामु मगरले १ सय विद्यार्थीका अभिभावकको स्वास्थ्य वीमाले गरिवी निवारणमा टेवा पुर्याएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
कांग्रेस सभापति देउवासंग सत्ता समीकरणको विषयमा छलफल नभएको अर्थमन्त्री विष्णु पौडेलको दावी
यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com