About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
स्वरोजगार सिर्जना गर्न धुर्कोटले गर्दैछ कृषि उत्पादनमुखी कार्यक्रम

Darpanpost बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट,
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले बेरोजगारी लाई स्वरोजगार दिने उदेश्यका साथ कृषि उत्पादनमुखी कार्यक्रम गर्ने भएको छ । स्थानिय स्तरमा रहेको बेरोजगारी समस्या समाधान गर्न तथा कृषकहरुलाई सहुलियत प्रदान गर्न यस्तो कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश सरकारले यस गाउँपालिकालाई स्वीकृत गरेको कार्यक्रम अन्तर्गत कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामाग्रीहरुमा अनुदानसम्बन्धि कार्यक्रम गरिदै छ । जसमा तरकारी खेती, फलफुल खेती, पशुपालन, च्याउ खेती, मौरीपालन, कुखुरापालन, बङ्गुर तथा बाख्रापालन कार्यक्रम तय भएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

साथै हाल भएका फलफुल नर्सरी क्षमताको अभिवृद्धि कार्यक्रम गर्न लागिएको हुदा सम्बन्धित कृषक,कृषि समुहमा गाउँपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि
बैतडीमा जिप दुर्घटना पाँच जनाको मृत्यु , चारजना घाइते

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com