प्रदेश २ सभाबाट प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धी दुई विधेयक पारित भएका छन् ।
प्रदेश सभाबाट स्वास्थ्य सेवामा नागरिकको पहुँच र सेवा प्रभावकारी बनाउन समाजिक विकास मन्त्री नवल किशोर साहले आज प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो ।
संसदीय समितिमा छलफल पछि आज प्रदेश सभामा मन्त्री साहले स्वास्थ्य सेवा विधेयक पारितका लागि प्रस्ताव गरेका थिए ।
प्रदेशमा उत्कृष्ट कार्य गर्नेलाई प्रदेश सरकार स्थापना दिवसको अवसरमा १५ पदकबाट सम्मन गर्ने विधेयक प्रदेश पदक पनि पारित भएको छ ।
बैठकमा वन विधेयक र दुग्द्य विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गरिएको थियो ।
बैठकबाट प्रदेश २ को जाँचबुझ आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयकमा सैद्धान्तिक छलफलपछि सम्बन्धित समितिमा पठाइएको छ ।