About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
पुनर्मिलन (एक प्रेम कथा)

Darpanpost सोमबार, आश्विन २६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

#पुनर्मिलन(एक प्रेम कथा, पढेर प्रतिक्रिया दिनुहोला)🙏

कलेजका सुरुवाती दिन, हामी कसैले कसैलाई चिन्दैन थियौं । एकदुई जनाले मात्रै संगै स्कुल पढेका थिए नत्र हामी ५२ जना विद्यार्थीमा ५२ जनानै फरक फरक जिल्लाबाट भन्न मिल्थ्यो । सबैजनाले distinction ल्याएर SLC पास गरेकाले होला सबैमा एक किसिमको घमण्ड हाबी थियो । बिस्तारै कलेजमा दिनहरु बित्न लागें । अनि बिस्तारै हामी नयाँ साथीहरु प्रती पनि विशेष चासो राख्न थालेका थियौं । निकै रमाइलो हुँदै बित्दै थिए दिनहरु ।

कहिले कसो केटाकेटीहरुमा नजर पनि ठोक्किन पनि थलिसकेका थियो । हो त्यस्तै भएको थियो अनकुल अनि बिताशाको । अनकुल प्राय बिताशालाई हेर्न कै लागी भएपनि कलेज आउन लागे जस्तो लाग्थ्यो । प्राय उस्को नजर बिताशामा फक्रीरहेको हुन्थ्यो भने बिताशा लजाएर नदेखे झै नखरा पार्न थालेकी थि । साच्चै बाक्लो, मोटो अनि कम्मर कम्मर आइपुग्न्ने उस्का केश, मिलेको अनुहार, अलि ठुलो निधार, हिस्सी परेको मुहार, जो कोहि आकर्षित हुन्थ्यो नै । तर अनकुल चाही शारीरिक बनोटले त्यती राम्रो देखिन्न थियो ।

बिताशालाई प्राय हेरिरहदा एकपटक उस्कै बेञ्चमा बेस्ने साथी अमृताले “ओइ हेर्न त्यो केटाले सधैं तलाई नै हेर्छ”, भन्दा उ रिसाएझै कम लजाएझै बेसि गरेकि थि । बिस्तारै उनिहरुको हेराहेर मायामा बदलिदै गयो । अनकुल बिताशालाई हृदयदेखी नै चाहाने भैसकेको थियो भने बिताशा पनि अनकुलको प्रेममा फिदा हुदै गैइरहेकी थि ।

बिस्तारै उनीहरु यत्ती नजिक बनिसकेका थिएकी अब त बिताशालाई अनकुलले आफ्नो घरायसी पार्टीहरुमा पनि बोलाउने अनि प्राय परिवारजनलाई पनि चिनाइ सकेको थियो । उस्का बाबामामु निकै पढेलेखेका भएर पनि होला, उनिहरुको सम्बन्धमा कुनै बाधा हाल्नु भएन, बरु उल्टो अनकुलको बाबाले त मेरि छोरीलाई धेरै नबिगार त भन्नुहुन्थ्यो भन्थी एकदिन बितिशा मलाई । उनीहरुलाई देख्दा लग्थ्यो, उनीहरु एकदिन पनि एकअर्काबिना बाच्न सक्छन् जस्तो लाग्दैन थियो ।

पछि बितिशा र मसङ्गै बस्न थालेका थियौँ । दिनहरु यसरी नै बित्दै थिए । उनीहरु एकार्कालाई निस्सार प्रेम गर्थे । लाग्थ्यो उनीहरु साच्चै चखेवा जोडी जस्तै थिए । प्राय अनकुल बिताशालाई घरसम्म लिन जाने र पुर्याउने पनि गर्थ्यो कलेजबाट । एकअर्कापट्टिको आकर्षक अनि प्रेम देखेर म आफै चकित हुँदै बस्ने गर्थें । तर सधै समय एकै कहाँ हुन्थो र ?

एकदिन कसरी हो बितिशाको परिवारमा थाहा भएछ उनीहरुको सम्बन्धको बारेमा । बितिशा, परिवारभरिमा ३ पुस्तापछि जन्मिएकी एकमात्रै छोरी त्यो पनि ब्राह्मण । अनि अनकुल थियो नेवार समुदायको । त्यो थाहा पाए पछि बितिशालाई परिवारले एकछिन नछाड्ने, फोन पनि सिमित समय मात्रै चलाउन दिने हरेक कुराको बन्देज लाग्यो । अब बितिशाको हातमा कुनै उपाय नै थिएन के गर्न्ने कसो गर्न्ने । अन्तत उ सङ्ग केबल २ वटा अप्सन मात्रै, कि बाबाहरुले भनेको मान्ने या त उहाँहरुको बिरोध ।

बिताशा के गर्ने कसो गर्न्ने भन्ने दोधारबाट गुज्रिरहेकी थि भने अनकुल आफुलाई समाल्न नसक्ने अवस्थामा पुगिसकेको थियो । दुबैजना डाक्टर बन्न चाहन्थे, त्यसैले जे जस्तो परिस्थिति भएपनी उनीहरुले आफ्नो लक्ष्य भने छाडेनन तर बितिशा भने उस्को परिवारबाट निकै टाढा भैसकेकि थि । परिवारका सदस्यसङ्ग बोलिहाल्न्नु परेमा पनि उ निकै सोचेर अनि शब्दहरु पनि तौलेर बोल्न थालेकी थि ।

अन्तत: बितिशा आफ्नै संसारमा हराउदै गैरहेकी थि भने धेरै पछि जन्मेकी छोरी पनि टाढा भैरहेकी जस्तो महसुस परिवारले गर्दै थिए । जसरी दिनहरु बित्दै गए, बिताशा र अनकुल टाढा त थिए नै तर बिताशा त्यो भन्दा नि टाढा परिवारसङ्ग भैरहेकी थि । र दुबैको पढाई पनि सकिनै लागेको थियो । त्यही बेला बल्लतल्ल घरमा आएकी लक्ष्मी पनि जाने जस्तो अवस्था सृजना भएपछि बितिशाको परिवारले पनि कुनै उपाय नलागेर पढाइ सकिएपछि उनीहरुको बिबाह गरिदिने निर्णय लिसकेका थिए ।

दुबै जनाले राम्ररी पढाई पनि सकें र बिताशालाई उनीहरुको बिबाह गरिदिने भन्ने सुनेपछि निकै खुसी भएर अनकुललाई फोन गरी । यत्तिका बर्ष बित्दा पनि अनकुलले टाढैबाट न सहि बितिशालाई नै चाहेको थियो । साच्चै बितिशा झन् धेरै खुसी भइ किनकी उस्ले गुमाएको प्रेम मात्रै होईन आफ्नो परिवारको माया फेरी पाएकी थि । सुनेकी थिएँ, साचो प्रेम गर्नेहरुले संसार जित्न सक्छन, हो यो साच्चै त्यही साचो प्रेमको उदाहरण थियो र त बितिशालाई फेरी परिवारको साथ मिलेको थियो अनि आफ्नो माया मिलेको थियो। त्यसपछी उनीहरुको बिबाह धुमधामसङ्ग सप्पन्न भयो । साच्चै यो साचो प्रेम थियो, र त फेरी पुनरमिलन भयो नत्र त कहाँ हुन्थ्यो होला र ………
✍️ Saw-Beena Timalsina/uae😍

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि
बैतडीमा जिप दुर्घटना पाँच जनाको मृत्यु , चारजना घाइते

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com