About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
१५ लाख श्रमिकले दक्षिण कोरियामा पाएनन् तलब 

Darpanpost शुक्रबार, आश्विन २३, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

कोरिया – नेपालीको रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा १५ लाख बढी श्रमिकले आफूले काम गरे वापत पाउनुपर्ने तलब रोजगारदाता बाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।कोरियाको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै श्रमिकले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ ।

यसरी ज्याला नपाउने श्रमिकमा सबैभन्दा धेरै उत्पादन मूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् ।

सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ ।

त्यसैगरी सन् २०२० को आठ महिनामा श्रमिकलाई नदिएको ज्याला ८९० बिलियन वोन छ ।

सन् २०१९ मा मात्र पाँच जना वा त्योभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५.६ मिलियन वोन छ भने ५०० भन्दा धेरै कामदार भएका ठूला कम्पनी बाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ ।

पछिल्लो समय श्रमिकको ज्याला रोकिनुमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमण मुक्त हुने दरमा नेपाल अग्रस्थानमा
कक्षा १२ को परीक्षा सुरु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com