About Contact
०३ कार्तिक २०७७, सोमबार
Close
बिज्ञापन
कृषि ज्ञान केन्द्र गुल्मीले तरकारी फलफुल पुष्प नर्सरी स्थापनाका लागि कार्यक्रम गर्दै

Darpanpost सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट,
गुल्मी,
कृषि ज्ञान केन्द्र गुल्मीले तरकारी, फलफुल, पुष्प तथा नर्सरी स्थापना र सुदृढीकरणका लागि कार्यक्रम गर्ने भएको छ । चालू आर्थिक बर्ष २०७७र७८ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम गर्न लागेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
तरकारी, फलफुल, पुष्प र नर्सरी स्थापना तथा सुदृढीकरणका लागि इच्छुक समूह तथा सहकारीहरु लाई कार्यक्रममा सहभागीको लागि आह्वान गरेको छ । कार्यक्रममा सहभागी भई तरकारी,फलफुल,पुष्प,नर्सरी स्थापना तथा सुदृढीकरणका गरि उत्पादन क्षमता र गुणस्तरीय अभिवृद्धि गर्नुपर्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभएको छ ।
त्यसैगरी बार्षिक रुपमा गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्ने तथाबिरुवा उत्पादनको लागि आवस्यक जग्गा उपलब्ध गराउनुपर्ने उहाले बताउनु भएको छ ।

साथै कुल लागतमा ५० प्रतिशत वा १० रोपनी क्षेत्रफलमा अधिकतम २ लाख मध्ये जुन रकम कम हुन आउँछ सो रकम अनुदानमा उपलब्ध गराइने बताईएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
यातायातमन्त्री नेम्वाङलाई पुष्टि  भयो कोरोना 
देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक-गृह मन्त्रालय

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com