बझाङ,
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा स्वास्थ्य संघ संस्थामा अनलाइन बाट औषधी व्यवस्थापन गरिने भएको छ ।
औषधीको अभाव तथा खेर नजावस् भनने उदेश्यका साथ सरकारले सुदूरपश्चिमका स्थानीय तहमा औषधीहरु अनलाइन व्यवस्थापन गर्ने भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनलायले स्थानीय तहका स्वास्थ्य प्रतिनिधिहरु लाइ इलोक्ट्रोनिक मार्फत औषधी सामग्री व्यवस्थापन स्टमवारे यसवारे तालिम दिन सुरु गरिएको छ ।
बझाङमा आइतवार तालिमको सुरुवात गरेको छ ।सरकार वाट औषधीको सप्लाइ गर्दा व्यवस्थित र प्रभावकारी बनाउन यस्तो इलोक्टोनिक सिष्टम गर्न लागेको सरकारी अधिकारीहरुले वताएको छन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा आइतवार वाट सुरु भएको तालिममा पनि जिल्लाका सवै पालिका वाट २४ जना स्वास्थ्य प्रतिनिधि सहभागी भएका जिल्ला स्वास्थय कार्यालयका प्रमुख भानु जोशीले वताए ।
प्रदेशका सवै ८८ वटा स्थानीयतहका स्वास्थ्य प्रतिनिधि लाइ यो तालीम दिइने स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए ।
तालिम सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा युएसएआइडी जीएचएसी पिएसएम प्रोजेक्टको आर्थिक सहयोग रहेको छ ।