About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
रुपन्देहीको    तिलोत्तमा नगरपालिकाका निजी विद्यालयले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत शुल्क लिन पाउने

Darpanpost बुधबार, भाद्र ३१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही —

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गत शैक्षिक सत्रको मासिक शिक्षण शुल्कलाई चालु शैक्षिक सत्रमा यथावत गर्ने भएको छ ।

नगर शिक्षा समितीको बैठकले तोकिएको मासिक शिक्षण शुल्कलाई शतप्रतिशत मानी सोको हुन आउने ७५ प्रतिशत मात्र विद्यार्थीबाट शुल्क लिन अनुमति दिएको छ ।

नगरपालिकाले असार महिनादेखिको मात्र शुल्क लिन नगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ को दफा ३० मा भएको व्यवस्था अनुसार बैठकले विद्यार्थीबाट उठाइने शुल्क निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।

तोकिएकोभन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शीर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कारबाहीको दायरामा ल्याईने छ ।

तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयमा करिब २४ हजार विद्यार्थी अध्ययनरत छन् ।

यस्तै अनलाइन वा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा सहभागि हुने र भएका विद्यार्थीसँग मात्रै शुल्क लिन भनेको छ ।

मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क लगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन  पाइने छैन ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com