About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक

Darpanpost मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

 

बुटवल । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ ।
भाद्र ३० गते मंगलबार बुटवलमा वसेको स्वायत्त परीक्षा संचालक समितिको बैठकले एम.वि.ए.–वि.एफ. प्रथम शत्रान्त, एम.वि.ए.–वि.एफ. तेश्रो शत्रान्त र वि.वि.ए.–एफ.ए. दोश्रो शत्रान्तको परीक्षा भौतिक दुरी कायम गर्दै बुटवलमा संचालन गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सुचना अनुसार एम.वि.ए.–वि.एफ. तेश्रो शत्रान्तको परीक्षा २०७७ कार्तिक १७ गतेदेखि, एम.वि.ए.–वि.एफ. प्रथम शत्रान्तको परीक्षा मंसिर ७ गतेदेखि र वि.वि.ए.–एफ.ए. दोश्रो शत्रान्तको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन हुने भएको हो ।
भाद्र महिनामै हुनुपर्ने परीक्षा बढ्दो कोरोना संक्रमणका कारण हुन नसकेको र ढिलो गरि भएपनि विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्ने चाहनाका साथ कार्तिकबाट गर्न लागिएको क्याम्पसले जनाएको छ ।
परीक्षा सम्बन्धी सूचनामा परीक्षा केन्द« लुम्बिनी वाणिज्य क्याम्पस रहने भनि उल्लेख गरिएको छ भने तोकिएको परीक्षा मितिमा कुनै आकस्मिक विदा पर्न गएमा पनि क्याम्पसको जानकारी विना परीक्षा स्थगन नहुने व्यहोरा समेत सूचनामा उल्लेख छ ।
परीक्षा उच्च सतर्कता अपनाउदै आवश्यक भौतिक दुरि कायम गर्दै स्वास्थ्य मापदण्ड अवलम्बन गरी
सुरक्षाका साथ संचालन गर्न लागिएको क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । साथ,ै उहाँले एक दिनमा एक तहको परीक्षा मात्र संचालन गरिेने, परीक्षार्थीलाई दुई÷दुई मिटरको दुरिमा राखिने, परीक्षा सकिएपछि परीक्षा कोठा निर्मलीकरण गरिने, विद्यार्थीहरुलाई मास्क पञ्जा अनिवार्य गराइने, स्यानिटाइजरको व्यवस्था गरिने, विद्यार्थीहरुलाई परीक्षा सुरु हुनुपुर्व र पछि पनि समुहमा बस्न नदिइने लगायतको प्रवन्ध गर्न लागिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com