About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
गएको २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि ,११ जनाको मृत्यु

Darpanpost मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।
नेपालमा आज थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमित संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ ।
जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।
त्यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com