काठमाण्डौ – नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटा सँग शिष्टाचार भेट गर्नुभएको छ ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जावेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।
राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।