About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
भारतमा निकै लोकप्रिय रहेको  टिकटक प्रतिबन्ध भएपछि अब युट्युब र फेसबुक पनि त्यसको विकल्प खोज्दै 

Darpanpost मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी

भारतमा निकै लोकप्रिय रहेको चिनियाँ एप टिकटक प्रतिबन्ध भएपछि अब युट्युब र फेसबुक पनि त्यसको विकल्प खोजिरहेका छन् । यद्यपि युट्युब यसको विकल्पको रुपमा ‘शर्ट्स’ नामको एप लन्च गर्न गइरहेको छ ।

भारत र चीनबीच विवाद बढ्दै जाँदा केही महिना अघिमात्र भारतले टिकट सहित एक सय ५० भन्दा बढी एपमा प्रतिबन्ध लगाएको थियो ।

यता फेसबुक पनि ‘लासो’ नामबाट यस्तै एक विकल्पको परीक्षण ब्रजिलमा गरिरहेको छ । युट्युबको नयाँ एप शर्ट्सको माध्यमबाट छोटो छोटो भिडियो बनाएर टिकटकमा जसरी नै अपलोड गर्न सकिन्छ । यसका युट्युबको लाइसेन्स प्राप्त गीतमा भिडियो बनाउन सकिन्छ ।

‘द इन्फर्मेशन’ को रिपोर्टअनुसार टिकटकमा जसरी अडियो र सङ्गीतको विकल्प हुन्छ, त्यसैगरी युट्युब शर्ट्समा पनि अडियो र सङ्गीतलाई लिएर कुनै कपिराइटको समस्या हुने छैन किनकि यसमा लाइसेन्स प्राप्त गीत–सङ्गीत नै हुनेछ । ट्वीटरमा आधिकारिक रुपमा नै यस खबरको पुष्टि गरिएको छ ।

पछिल्लो दुई वर्षमा टिकटकको लोकप्रियता भारतमा १२५ प्रतिशतभन्दा धेरै डाउनलोडका साथै भारतमा मात्रै करौडौँको सङ्ख्यामा प्रयोगकर्ता रहेका छन् ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com