About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
लक्षण नदेखिएकाको अब कोरोना परीक्षण नगर्ने सरकारको निर्णय

Darpanpost मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।
सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको
संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने आरटी पिसिआर परीक्षण
नगर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड
सेन्टरको बैठकले लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण
गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समेत उपस्थित उक्त बैठकले फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि लक्षण नदेखिए सम्म परीक्षण नगर्ने निर्णय गरेको छ ।
बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले माताहतका निकायमा पत्रसमेत पठाइसकेको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा पनि लक्षण देखिएकाहरुको मात्रै पिसिआर परीक्षण गर्ने र लक्षण नदेखिएकाको नगर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारको उक्त निर्णयको भने जनस्वास्थ्य विज्ञहरुले विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com