About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
गाडीमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया सुरु भएको छ_यातायात मन्त्री नेम्वाङ

Darpanpost मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले गाडीमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया सुरु भएको जनाउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशक लाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए यस प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताउनुभएको हो ।

सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रुपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा समेत मन्त्री नेम्वाङले बताउनुभयो ।

नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि गाडीमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न सुरु गरिएकामा प्रज्ञा प्रतिष्ठानका तर्फबाट यसअघि कुलपति गङ्गा प्रसाद उप्रेतीले प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई भेटी गाडीमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com