About Contact
०७ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

उमेश बि.क.

नवलपरासी ।  पश्चिम नवलपरासीको सरावलमा राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ।
सरावल गाउँपालिकाको सहयोग तथा संकल्प प्रतिष्ठान सरावल २ को आयोजनामा अनलाइन भिडियो मार्फत ९भर्चुअल ० ूकोरोना संक्रमणको अवस्था र बालअधिकार  बिषयमा  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

No description available.

प्रतिष्ठानका अध्यक्ष सुशान्त शर्मा घिमिरेको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा भएको वक्तृत्वकला प्रतियोगितामा १५ जना बालबालिकाहरुको भिडियो मार्फत सहभागीता रहेको थियो भने सहभागीले पुर्ब नै आफ्नो भनाइको भिडियो बनाएर पठाउनु पर्ने थियो ।

No description available.

प्रतियोगितामा अन्नपुर्ण आवासिय मा०वि० सुनवल कि छात्रा सम्क्षना सुवेदी प्रथम, जनता मा० वि० सरावल(६ भुजहवाको छात्र राहुल मुराऊ द्वितिय तथा आदर्श मा० वि० सरावल(१ खोखरपुराका छात्र बिपिन देवकोटा तृतिय स्थान प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायक मण्डलहरुमा सरावल गाउपालिका शिक्षा शाखा प्रमुख तुलसी प्रसाद अधिकारी, सरावल स्वास्थ्य शाखा प्रमुख ओमनरायण देवकोटा तथा राजा महात्मा पुर्णभद्र मा०वि० भुतहाका नेपाली शिक्षक यकनरायण तिमिल्सिना रहनु भएको थियो। प्रतियोगितामा प्रथम दितिय र तृतीय हुनेलाई क्रमशः ८०००, ५००० र ३००० सहित प्रमाणपत्र समेत प्रदान गरिने संस्थाका महासचिव सन्जय मौर्यले जानकारी दिनु भयो।

No description available.

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
ब्राउन सुगर सहित दुई जना भारतीय नागरिक पक्राउ
कपिलवस्तुमा खोलाले जीप बगाउँदा एक जनाको मृत्यु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com