About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा विदाई।

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल
बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिकामा गाउपालिकाको स्थापनादेखि हालसम्म निरन्तर कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीको विदाई तथा आगामी कार्यकालका लागि शुद्दोधन गाउँपालिका रुपन्देहीबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीको स्वागत कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले गाउँपालिकालाई अगाडी बढाउने कार्यकालागि जनप्रतिनिधी तथा कर्मचारी बीच समन्वय गर्न महत्वपूर्ण भूमीका निभाउन सफल भएको बताउनुभयो।स्थापनादेखि हालसम्म निरन्तर कार्यरत प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा चन्द्रकोट गाउँपालिका धेरै कुरामा अग्रणी भएको बताउनु भयो । साथै भ्रष्टाचार तथा शुन्य सहनशीलताको नीति अवलम्बन गर्न उहाँको योगदान बारे चर्चा गर्दै अध्यक्ष खत्रीले भण्डारीको काम प्रतिको मोह, धैर्यता, लगनशीलता तथा बौद्दिकताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिनुभयो ।त्यसै अवसरमा अध्यक्ष खत्रीले गाउँपालिकामा नयाँ सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले पनि आफ्नो कार्यकालमा गाउँपालिकालाई थप व्यवस्थित गर्दै गाउँपालिकाको शिर उचो राख्ने कार्यमा अग्रणी रहनुहुनेछ भन्ने शुभकामना व्यक्त गर्नुभयो।

स्वागत गरिनुभएका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले चन्द्रकोट गाउँपालिकाको समग्र जनप्रतिनिधी तथा कर्मचारीहरुबाट सकारात्मक साथ र हौसला पाउने अपेक्षा व्यक्त गर्दै चन्द्रकोटको सुशासन तथा सेवाप्रवाह, जनप्रतिनिधीहरुको सकारात्मक साथ एवं कर्मचारीहरुको एकता देखेर नै आफूले यही गाउँपालिका रोजेको बताउनुभयो।

उक्त कार्यक्रममा विदाई हुन लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकालमा भएका मुख्य मुख्य कार्य , गाउँ कार्यपालिकाको कार्यालयको स्थापना, संचालनरव्यवस्थापन, स्थानीय तहको निर्वाचन, विभिन्न विकासात्मक कार्यहरु तथा असल अभ्यासहरुको लिखित फेहरीस्त द्धद्ध बुँदे हस्तान्तरण नोट गाउँपालिकामा नयाँ सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सफल तथा सक्षम चन्द्रकोट सधै रहिरहोस् भन्ने अपेक्षा समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई खादा, माला तथा पुष्पगुच्छा सहित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष ले स्वागत गर्नुभएको थियो ।

सोही कार्यक्रममा घ वर्ष छ महिना भन्दा बढी निरन्तर प्रमुख प्रशासकीय अधिकृतको पदमा काम गर्नुभई हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा हुनुभएका कृष्णप्रसाद भण्डारीलाई प्रशंसापत्र, मायाको चिनो, दोसल्ला तथा पुष्प गुच्छाले विदाई गर्नुभयो।कार्यक्रममा कर्मचारीको तर्फबाट पनि मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधिका अर्याल, वडा नम्बर ६ का वडा अध्यक्ष गोकर्णप्रसाद शर्मा , वडा नम्बर ८ का वडा अध्यक्ष नन्दराम अर्याल, कार्यपालिका सदस्य रेनुका श्रीस, गाउँसभा सदस्य भानुभक्त सुवेदी तथा डिल्लीराज अर्याल एवं कर्मचारीहरुको तर्फबाट लक्ष्मी अर्याल, नयन सिंह ठकुरी र बशन्त रिजालले समेत स्वागत तथा विदाई मनतव्य राख्नुभएको थियो। गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत शिव ज्ञवालीले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com