बुटबल
बुटबलको देबिनगरमा रहेको टेनिस कम्पलेक्स बिवादमा परेको छ ।
नेपाल सरकार खेलकुद मन्त्रालय, राखेपको सहयोगमा निर्माण सम्पन्न भएको टेनिस कम्पलेक्स निमाणको क्रममा काम गरेका मजदुरको पैसा र सामानको भुक्तानी नदिएको भन्दै सोमबार टेनिस खेल मैदान देबिनगरमा पिडीतहरूले तालाबन्दी गरिदिएका छन् ।
निर्माण सम्पन्न भएको २ बर्ष बितीसक्दा समेत काम गरे बापदको पाउनुपर्ने रकम नपाएको उनिहरुको गुनासो छ ।
उनिहरुले १० दिने अल्टीमेटम दिदै खेल मैदानमा ताला बन्दी गरेका हुन ।
भुक्तानी बारे कुरा गर्दा हालको समितीले गैर जिम्मेदार पूर्वक जवाफ दिने गरेकाले दबावको रूपमा खेल मैदानमा तालाबन्दी गनुपरेको पिडीत राजकुमार भट्टराईले बताए ।
हामीले पुरानो समीती लाई भुक्तानी बारे कुरा गर्दा नयाँसँग जाउ भन्ने, नयाँसंग जादा पुरानोसँग लिनु भन्ने कुराले अन्यायमा परेको भट्टराईले बताए ।
हामीले पाउनुपर्ने १७ लाख बराबरको रकम अब पनि समयमा भुक्तानी नदिय सामान उखलेर लैजानु बाहेक बिकल्प नरहेको उनको भनाई छ ।
उक्त कम्पलेक्स १ करोड़ १२ लाखको लागत लागेको भनिए पनि उपभोक्ता समितीले ९६ लाख २४ हजार ५ सच ९९ मा निर्माणको जिम्मा लिएर निर्माण सम्पन्न भएको बताइन्छ ।
जसमा ७३ लाख सरकारको र उपभोक्ता समितीको ६ लाख गरी ७९ लाख ३ हजार ५ सय २६ खर्च भएको छ भने १७ लाख बराबर रकम तिर्न बाँकी रहेको गुरूडले बताए ।
पुरानो समिती नभएकाले निर्वाचित नयाँ समितीले हिसाब किताब मिलाउनुपर्ने उनको भनाई छ
रूपन्देही टेनिस संघका निबर्तमान अध्यक्ष अशोक गुरुङले केही रकम भुक्तानी दिन बाँकी रहेको बताए ।