About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी,

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

 

चितवन । बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम  जारी रहेको छ ।

कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो ।

गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माण गरिरहेको छ ।

निर्माणाधीन रङ्गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्गशाला प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ ।

यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो ।

अहिले पिल्लरको काम भइरहेको छ ।

मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ ।

रङ्गशाला निर्माणमा गत साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भइ सकेको छ ।

परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हाल सम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ ।

गत असार मसान्त सम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सि सामान सहयोग प्राप्त भएको थियो ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिए ।

अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको जनाउँदै उनले यस अघि वोलकवल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए ।

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन । अगामी १८ महिना भित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ ।

हाल रङ्गशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com