About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
गुल्मीको खैरेनीमा पैचाको  नयाँ शाखा विस्तार ,

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी ।
कृषिलाई मुख्य आधार मानेर सञ्चालमा रहेको पैचो पसलले गुल्मीको सत्यवती–६ खैरेनीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
पैचोको नयाँ शाखाको सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले उदघाटन गरेका थिए ।
किसानहरुको उत्पादन लाई बजारीकरण गर्ने र किसानहरुलाई सर्वसुलभ रुपमा दैनिक आवश्यक सामाग्री उपलब्ध गराउने
उद्देश्यका साथ खैरेनीमा नयाँ शाखा विस्तार गरिएको पैचो पसलले जनाएको छ ।
यसअघि सत्यवती गाँउपालिका अन्तर्गत ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्सेका किसानहरुले लामो दुरी पार गर्दै पैचो पसलको बलेटक्सार शाखासम्म कृषि उत्पादन पु–याउँदै आएका थिए ।
खैरेनीमा शाखा खुलेसँगै लामो समय देखि सत्यवतीका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु लामो दुरी पार गर्दै गुल्मीकै बलेटक्सार पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको छ् ।
स्थानीय किसानहरुको मागलाई सम्बोधन गर्दै सत्यवतीमा शाखा विस्तार गरिएको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।
भण्डारीका अनुसार पैचोले खैरेनीको शाखा बाट किसानहरुको सबै कृषि उपजहरु खरिद गर्नुका साथै किसान तथा स्थानीय
उपभोक्तालाई आवश्यक सामाग्री बिक्रि समेत गर्ने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले उपयुक्त बजार नपाएर समस्यामा परेका सत्यवतीका किसानहरु लाई पैचोको उपस्थितीले सहज बनाएको बताए ।
कार्यक्रममा बोल्दै पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कृषिलाई मुख्य आधार बनाएर खुलेको पैचोले नेपालमा नयाँ आयाम थपेको बताए ।
प्रबन्ध निर्देशक न्यौपानेले पैचो व्यवसाय मात्र नभएर कृषकको जीवनस्तर उकास्ने एउटा मोडेल बन्न सफल भएको बताए ।
न्यौपानेले पैचोले स्थानीय तहसँग सहकार्य गर्दै गुल्मी लगायत
नेपालका पहाडी भेगका कृषकहरुलाई सम्पन्न बनाउने अभियानमा लागेको स्पष्ट पारे ।
स्थानीय अगुवा कृषक अर्जुन कनौजेले पैचोले गुल्मीका धेरै किसानहरुको जीवनस्तर माथि उठाएको बताए ।
पैचोले पहाडी कृषि उत्पादनको बजारीकण विस्तार गर्न भन्दै
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम र बुटवलको होराईजन चोकमा तरकारी मार्ट विस्तार गरिसकेको छ ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सुवर्ण शेरचन शाही, बलेटक्सार उद्योग वाणिज्य संघका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले पैचोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com