About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
सलाम छ ! सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुलाई

Darpanpost आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव

नवलपरासी । विश्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस संक्रमणलाई रोकथाम एंव नियन्त्रण गर्ने नेपाल सरकारको नीतिलाई पूर्णरुपमा कार्यान्वयन गराउन सबै सुरक्षाकर्मीहरु २४ सै घण्टा अहोरात्र परिचालन भईरहेका छन । ब्यक्तिगत सुरक्षा एवं सहकर्मीहरुलाई कोरोना संक्रमण हुँदा पनि कुनै प्रवाह नगरी कोरोना बिरुद्धको अभियानमा स्वस् स्फुर्तरुपमा जनताको जिवनको रक्षाका लागि निस्स्वार्थ लागि परिरहेका छन । पश्चिम नवलपरासी जिल्लाको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण र यस अन्तर्गतका युनिटहरु समेत सीमा नाकालाई पुर्णरुपमा सिल गरी कुनैपनि अवैध क्रियाकलाप, अवांक्षित गतिविधि नियन्त्रणमा उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गरिरहेका छन ।

No description available.

पश्चिम नवलपरासी जिल्ला पाल्हिनन्दन गाउँपालिकाको पडरीदेखि सुस्ता गाउँपालिकाको बलिनगरसम्म जम्मा २७।५ कि।मी। नेपाल भारतको खुल्ला सीमानालाई सशस्त्र प्रहरी बलले मानव साङ्लोको अवधारणा अनुरुप भरपर्दो सुरक्षा ब्यवस्था प्रदान गर्न अहोरात्र खटिईरहेको भन्ने कुरा सीमास्थित बसोबास गर्ने स्थानियहरुले बताएका छन । उक्त सीमा ईलाकामा ३० वटा टेन्टरपाल टाँगेर अस्थायी पोष्टहरु निर्माण गरी ३५० जनाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भईरहेको सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हे।क्वा। पश्चिम नवलपरासीले जनाएको छ । नेपाल सरकारले सुम्पिएको जिम्मेवारीलाई पुर्ण रुपमा कार्यान्वयन गर्न प्रतिकुल मौषम तथा नजिकिदै गरेको चाडपर्व एंव न्युनतम बन्दोबस्तीको उपलब्धतामा पनि कोरोना विरुद्ध कत्तिपनि विचलित नभई नेपाल सरकारको नीतिमा कटिबद्ध रहको जानकारी प्राप्त भएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरुले बर्षातको समयमा समेत अहोरात्र खटिई स्थानियहरुको सुरक्षामा खेलेको भुमिका प्रशंसनिय रहेको स्थानियहरु बताउँछन।सशस्त्र प्रहरी कर्मचारीहरुको बर्तमान परिचालन नीतिले सीमामा हुने अवैध चोरी निकासी, तस्करी एंव सीमा अपराधमा समेत उल्लेख्य मात्रामा कमी आएको पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ले बताउनु भयो ।

स्थानिय बासिन्दाहरुलाई प्रत्यक्ष लाभ हुने गरी समय सान्दर्भिक सचेतनामुलक कार्यक्रमहरु(कोरोना भाईरसबाट बच्ने तरिका, सावधानीका उपायहरु, माक्सको प्रयोग गर्ने तरिका एंव विभिन्न भाषामा लकडाउन र निषेधाज्ञाको सूचना फ्लेक्स प्रिन्टमा टाँस गरी कोरोना रोकथाम तथा नियन्त्रणमा अतुलनीय भूमिका निर्वाह गरेको भनि जनप्रतिनिधिहरु तथा सीमावर्ती ईलाकामा बसोबास गर्ने स्थानियहरुले समेत बताउने गरेको छन । पालमा बसी दिनरात नभनी २४ सै घण्टा सीमा क्षेत्रमा पहरा दिई महामारीको समयमा जनतालाई घरभित्र ढुक्कसंग बस्न सक्ने वातावरण सिर्जना गरी कोरोना रोकथाममा खेलेको भूमिकाको मुक्त कण्ठले प्रसंसा गर्दै परिचालित सुरक्षाकर्मीलाई स्थानियले उच्च सम्मान ब्यक्त गर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com