About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघयो

Darpanpost आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ –  सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिना  सम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने सात खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या तीन करोड ८२ हजार आठ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ ।

असार मसान्त सम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय रुपैयाँ ऋण रहेको थियो ।

साउन महिनामा एक अर्ब १९ करोड ३० लाख रुपैयाँ सावाँ र ब्याज तिरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com