About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्दमा रहेको गजल ‘दुईमुटु जोडेर‘’ सार्वजनिक

Darpanpost आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर‘’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा। उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।

विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ । मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो । यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो ।

डा। उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । यस्तै केही समय अघि सार्वजनिक डा। डीआर उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ एक गीत १२ भाषामाले पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो । डीआरको गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।

डा। उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com