About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
यूएईमा ग्याँस सिलिण्डर पड्किँदा  एक जना नेपालीको ज्यान गयो

Darpanpost शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

 

यूएई – संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एक नेपालीको ग्याँस लिक भएर पड्किँदा ज्यान गएको छ ।

आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान गएको हो ।

गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।

दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले जानकारी गराएका छन्

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो ।

सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते हुनुभएको थियो । उहाँ उपचारपछि निको भएर काममा फर्किसक्नु भएको छ ।

त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com