पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घटेको एक अध्ययनले देखाएको छ ।
वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले गएको ५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घटेको देखाएको हो ।
संरक्षण सम्बन्धी वैज्ञानिकले सन् १९७० यता विश्वभर यस्ता जीवको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको बताएका छन् । वैज्ञानिकले यो कमीलाई विध्वंसकारी भनेर व्याख्या गरेका बीबीसीले जनाएको छ ।
प्रतिवेदनले चाहिनेभन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनको सङ्ख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताएका छन् ।