About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
सुनवल नगरपालिका शिल ।

Darpanpost बुधबार, भाद्र २४, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

भदौं २४ । एकै चोटि ठुलो संख्यामा कोरोना संक्रमित थपिए संगै पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । आज मात्रै २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले आजै राति १२ वजे देख लागु हुने गरि भदौं ३१ गते राति १२ बजे सम्मका लागी पुर्ण रुपमा शिल गरिएको नगरपालिकाले जनाएको छ ।
शिल गरिएको समयअवधिमा स्वास्थ्य सम्वन्धी सेवा वाहेक सुनवल नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, वैंक तथा वित्तिय संस्था लागाएत सार्बजनिक निकायबाट प्रवाह गरिने सेवाहरु, व्यापार व्यावसाय, निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लागउत सवारी साधन संचालन, साना सवार साधनहरु सवै पुर्ण रुपमा निषेध गरिएको सुनवल नगरपालकाका नगरप्रमुख भिमवहादुर थापाले जानकारी दिनुभयो । यस अवधिमा कन्ट्याक ट्रेसिङ गरिने भएकाले अन्य स्थान वाट नगरपालिकामा प्रवेश नर्गन र नगरपालका बाट पनि अन्यत्र स्थानमा नजान नगर प्रमुख थापाले सवै नगरवासिमा आग्रह गर्नुभएको छ ।
त्यस्तै स्वास्थ्य सेवा लिन जानै पर्नेहरुको लागी पनि सावधानि अपनाउन नगरपालकाले आग्रह गरएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागी आकस्मीक रुपमा नगरपालिका शिल गरीएकोले पालना गर्नुपर्ने स्वअनुशाशन पुर्ण रुपमा पालना गर्न र संक्रमण बाट जोगिने उपायहरु अवलम्वन गर्न नगरपालकाले सवै नगरवासिमा आग्रह गरेको छ ।
अहिले सम्म सुनवल नगरपालिका कोरोना संक्रमितको ९१ पुगेको छ भने ३७ जना संस्थागत र होम आइसियुलेशनमा रहनुभएको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जनाकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com