About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
राजाराम गौतमको निर्माणमा बनेको “ढोका” फिल्ममा कोरोनाको कथा

Darpanpost सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

बरु बनको बाघले खाओस मनको बाघले नखाओस ।  यो नेपाली उखानलाई ढोका फिल्ममा उतारिएको छ ।
विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस (कोभिड -१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको “ढोका” फिल्म सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको “ढोका” फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।

आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्दशक धितालले बताए ।
फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन को पनि काम गरेका छन् ।

“ढोका” लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।

भिडियो हेर्नुस । 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com