About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
चिसापानीको जग्गा सार्वजनिक सम्पती बनाउन ध्यानाकर्षण

Darpanpost सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ।  बर्दघाट २ चिसापानी ढेडारीफाटको जग्गा सार्वजनिक बनाउन माग गर्दै बर्दघाट नगरपालिका क्रियाशिल ६ दलले आइतबार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छ्न।

No description available.

 

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी बर्दघाट नगरपालिका र बर्दघाट नगरपालिका वडा नस्२ लाई ६दलले ध्यानाकर्षण गराएका हुन। नेपाली काग्रेस बर्दघाट नगर कार्य समितिका सभापति शम्भु लाल श्रेष्ठको नेतृत्वमा पुगेका ६दलका नगर अध्यक्ष तथा प्रतिनिधिको टोलिले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल बर्दघाट २कि वडा अध्यक्ष दया दर्लामिको ध्यानाकर्षण गरेको क्रान्तिकारी माओवादीका बर्दघाट नगर सेक्रेटरी राम चन्द्र पोखरेलले जानकारी दिनु भयो ।

No description available.

विहीवार नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले उक्त जग्गा सार्वजनिक बनाउन कब्जामा लिएको घोषणा गरेको थियो ।
यस अघि नगरमा क्रियाशिल सत्तारुढ दल बाहेकका ६ दलको बैठकले ८ बिगाहा २ कट्ठा १२ धुर जग्गा सार्वजनिक गर्न संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कार्यक्रम ध्यानाकर्षण गर्ने कार्यक्रम सम्पन्न गरिएको काग्रेस नगर सभापति श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (क्रान्तिकारी माओवादी ) , जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाले जग्गा जोगाउन ध्यानाकर्षण गरेका हुन । टोलीलाई प्रमुख जिल्ला अधिकारी पाठकले सार्वजनिक महत्वको बिषय रहेकोले सार्वजनिक जग्गा भए बेच्न नदिइने बताएको एक सहभागीले बताए । त्यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले उक्त जग्गा नगरकै महत्वपूर्ण जग्गा रहेकोले तारबार गरी संरक्षण गर्ने प्रतिबद्धता गरेको पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com