About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
बुद्धभूमि, बुद्ध परिक्रमा क्षेत्र र दरवाहा सांस्कृतिक संग्राहलय

दामोदर पंगेनी आइतबार, भाद्र २१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

बुद्धभूमि
संसारभरका ५१ करोड बौद्ध धर्मावलम्बी र १ अर्ब २० करोड हिन्दुहरुले समेत भगवान विष्णुको नवौं अवतार भगवान गौतमबुद्धको जन्मस्थलको रुपमा श्रद्धा गर्ने लुम्बिनी नेपालको प्रमुख पर्यटकीक स्थल हो। गौतमबुद्धको जीवन संग जोडिएका जन्म भएको लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोध गया, पहिलो प्रवचन दिएको सारनाथ र महानिर्वाण प्राप्त गरेको कुशीनगर मध्ये जन्मस्थल लुम्बिनी बाहेक ३ वटा स्थल हाल भारतमा रहेका छन् । शाक्यमूनी बुद्धले पञ्चशीलको सन्देश संसारलाई दिइसकेपछि बुद्धभूमिको भ्रमणमा इशापूर्वको तेस्रो शताब्दीमा आएका सम्राट अशोक, इशाको पाँचौ शताब्दीमा आएका फाहियान, इशाको सातौं शताब्दीमा आएका हुवेन स्वाङ, सन् १३१२ मा लुम्बिनी आएका सिञ्जा राज्यका खस राजा रिपुमल्ले लुम्बिनीको बारेमा देशविदेशमा चर्चा गरेपछि केही चर्चामा आएको लुम्बिनीको सन् १८९६ मा खड्ग शमशेर र डा। फ्युहररले खोजी गरी सार्वजनिक गरेपछि अहिले बौद्ध धर्ममा आस्था राख्ने र बौद्धधर्मको बारेमा चासो राख्नेका लागि लुम्बिनी निकै महत्वको स्थान हुन पुगेको छ।

बर्तमान विश्वमा लुम्बिनी अथवा गौतमबुद्धको जन्मस्थान हुनुको महत्व धार्मिक आस्थाको हिसावले बाहेक आर्थिक हिसाबले पनि धेरै महत्वपूर्ण छ। बाहिर संसारलाई हामी गौतमबुद्धको जन्मस्थलका हौं भन्नु धार्मिक सांस्कृतिक गौरवको विषयमात्र नभएर धार्मिक सांस्कृतिक पर्यटन मार्फत करोडौं डलर आम्दानीको स्रोत हो भन्ने बुझेकैले समय–समयमा भारतीय नेतृत्वले हामी बुद्धभूमिका हौं भन्ने अथवा गौतमबुद्ध संग सम्बन्धीत विवादास्पद भनाईहरु राख्ने र प्रतिक्रिया स्वरुप सामाजिक सञ्जालमा पहुँच भएका नेपालीले एक स्वरमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् न्बगतबm द्यगममजब धबक दयचल ष्ल ल्भउब िभन्ने अभियान संचालन गर्ने गर्दछौं।

बुद्ध परिक्रमा
कुल निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपात मध्ये २७ प्रतिशत हिस्सा पर्यटनबाट आम्दानी गर्ने नेपालको लागि पर्यटन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा २।४ प्रतिशत अंश ओगट्दछ। नेपालको सिंगो पर्यटन उद्योगमा लुम्बिनी सबैभन्दा धेरै पर्यटक आकर्षित गर्ने स्थल हो। वि।सं। २०७६ मा नेपाल भ्रमण गर्न आउने पर्यटकहरु स्थलमार्गबाट आउने भारतीय बाहेक ११,९७,१९१ रहेका थिए भने लुम्बिनी भ्रमण गर्ने पर्यटकमा सन् २०१७ मा १५ लाख ५२ हजार ५ सय ८६ जना, सन् २०१८मा गर्ने १५ लाख १७ हजार १ सय ४५ जना, सन् २०१९मा १७ लाख ७९ हजार ८६ जना रहेका थिए। लुम्बिनीका लागि अझ फाइदाजनक विषय स्थलमार्गबाट नेपाल आएका कुल पर्यटक २ लाख १३ हजार ७ मध्ये ८२।३ प्रतिशत भैरहवा नाकाबाट नेपाल प्रवेश गरेका छन्। तथ्यांकले लुम्बिनी भ्रमण गर्नेमा नेपाली ७९ प्रतिशत, भारतीय ११ प्रतिशत अन्य मुलुकका नागरिक १० प्रतिशत रहेको देखाएको छ जस अनुसार लुम्बिनी विदेशी पर्यटक मात्र नभएर नेपाली पर्यटकबीच पनि अत्यन्त लोकप्रिय पर्यटकीय गन्तब्यको रुपमा रहेको छ।

यति महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा रहँदा रहँदै पनि रुपन्देही, कपिलबस्तु र नवलपरासी तथा सिंगो नेपालले पर्यटनको माध्यमले लुम्बिनीबाट पर्याप्त फाइदा लिन सकेको छैन। प्रतिपर्यटकको सरदर बसाई अवधि १३ दिन मात्र रहेको नेपालमा प्रतिदिन पर्यटकले गर्ने खर्च सन् २०१७ मा ५४ डलर थियो भने सन् २०१८ मा घटेर ४४ डलर हुन पुगेको छ। औषतमा नेपाल सस्ता पर्यटकले खर्च गर्ने देशको रुपमा परिचित रहेको छ। अपार सम्भावना रहेको पर्यटन क्षेत्रबाट देशले गर्ने आम्दानी बढाउन पर्यटकको बसाई अवधि बढाउन र पर्यटकलाई खर्च गर्ने मौका बढी भन्दा बढी दिनु आवश्यक हुन्छ।

गौतमबुद्धको जन्मस्थलका रुपमा रुपन्देही, कपिलबस्तु र नवलपरासीमा आएका लाखौं पर्यटकलाई एकदिनमा लुम्बिनी घुमाएर फर्काउँदा रुपन्देही र कपिलबस्तुले पर्यटनबाट अपेक्षित आम्दानी गर्न सक्दैनन्। त्यसको लागि पर्यटकलाई धेरै दिन गौतमबुद्ध संग सम्बन्धित स्थलहरुको बारेमा जानकारी गराउने र ती स्थल सम्म पर्यटकलाई पु¥याउन सकिने वातावरण र पूर्वाधारको विकास गराउन सक्नु पर्दछ। जन्मस्थल लुम्बिनीको मात्र प्रचार र परिचयले पर्यटकको बसाई अवधि र खर्चलाई बढाउन सकिदैन। त्यसका लागि गौतमबुद्ध संग जोडिएका अन्य स्थलको पनि विकास र प्रवद्र्धन गर्न जरुरी छ। रुपन्देही, कपिलबस्तु र नवलपरासीमा गौतमबुद्ध संग सम्बन्धित धेरै पर्यटकीय स्थल र धरोहरहरु रहेका छन्। भारतका विभिन्न पर्यटकीय क्षेत्रमा भन्ने गरिएका ९ क्षेत्र, ८ क्षेत्र वा ७ क्षेत्रको ९ढ, ड यच ठ तयगचष्कत खष्कष्तष्लन उयष्लत उबअपबनभ० प्याकेज भनेझै ती सबैलाई जोडेर बुद्ध परिक्रमा क्षेत्र विकास र प्रवद्र्धन जरुरी छ।

बुद्ध परिक्रमाका क्षेत्रहरु
रामग्रामः लुम्बिनीबाट करीव ४८ किलोमिटर पूर्व दिशामा नवलपरासी सुस्ता पश्चिम जिल्लाको सदरमुकाम परासी बजारबाट ४ किलोमिटर दक्षिणमा झराही खोलाको किनारमा रामग्राम स्तुप अवस्थित छ। रामग्राम शाक्यमुनि बुद्धको अस्तुधातु राखिएको एक मात्र जिवित ठाउँ हो। कुशीनगरमा ८० वर्षको उमेरमा शाक्य मुनि बुद्धको महापरिनिर्वाण भए पछि बुद्धको मृत शरीरलाई सात दिन पछि जलाइयो। जलाइएको शरीरको शेष भाग अस्तुलाई ८ भाग लगाई बिभिन्न राजाहरुले आआफ्नो देशमा लगि चैत्य स्तुप बनाए। एक भाग अस्तु कोलीय राजाले प्राप्त गरी रामग्राममा ल्याई चैत्य बनाए। त्यसको २५० वर्ष पछि सम्राट अशोकले रामग्राम बाहेकका अन्य सबै ठाउँका बुद्धको अस्तु राखिएका चैत्यहरुलाई भत्काई अस्तु निकाली अन्य चौरासी हजार चैत्यहरुको निर्माण गराए। तर रामग्राममा आउँदा नागहरु र हात्तीहरुले संरक्षण गरिराखेको देखेपछि चैत्यलाई चलाएनन्। नागहरुले उक्त चैत्यलाई परिक्रमा गर्ने गरेको र हात्तीहरुले पनि सधै फूल चढाउने गरेको देखेर सम्राट अशोक पनि स्तब्ध भए। त्यसकारण रामग्राम चैत्य बुद्धको वास्तविक अस्तु राखिएको एक मात्र चैत्य मानिन्छ। रामग्राम स्तुप बाहेक पण्डितपुर पनि गौतमबुद्ध संग सम्बन्धित पुरातात्विक स्थलको रुपमा रहेको छ।

देवदहः बुद्धको मावली लुम्बिनीबाट सडकमार्गबाट ५२ किलोमिटरको दुरीमा रहेको कोलिय राज्यको राजधानी हो। आमा मायादेवी, सौतेनी आमा प्रजापति गौतमी र श्रीमती यसोधराको जन्मभूमि देवदह बुद्धसंग सम्बन्धीत महत्वपूर्ण धार्मिक स्थल हो। देवदह पोखरी बाहेक भवानीपुर, कन्यामाई, बैरीमाई ९बढीमाई०, पेटवानियाका प्राचीन कुवाँहरु र कुनै चराले पनि गुण नबनाएको ऐतिहासिक पाकडी बृक्ष पनि बुद्धको जीवनसंग सम्बन्धित पुरातात्विक स्थलहरु रहेका छन्।

तिलौराकोटः राजकुमार सिद्धार्थले गृह त्याग गर्नु अघि सम्म बसेको दरबार रहेको स्थल तिलौराकोट हो। पुरातात्वविद् पि।सी। मुखर्जीले सन् १८९९ मा खोज गरेको तिलौराकोट प्राचिन कपिलबस्तुको राजधानी हो। गौतमबुद्धका पिता राजा शुद्धोधन सहित शाक्यहरुको राजधानी तथा दरबारहरु एवं अनेकौं पुरातात्विक महत्वका स्थलहरु रहेको तिलौराकोट लुम्बिनीबाट २९ किमीको दुरीमा रहेको छ।

कुदानः लुम्बिनीबाट २७ किलोमिटरको दुरीमा रहेको कुदान गृहत्याग पछि गौतमबुद्धले पहिलो पटक आफ्नो पिता शुद्धोधनलाई भेटेको स्थान हो। नियोग्राधर्म पोखरी सहित ३ वटा स्तुपहरु रहेको स्थल पुरातात्विक महत्वको स्थल हो। बुद्धत्व प्राप्त गरिसकेपछि आफ्नो राज्य फर्किएका गौतमबुद्धले आफ्नो पितालाई भेट गर्दाको विवरण चिनियाँ यात्री फाहियान र हुयन साङले आफ्नो यात्रा बृतान्तमा विस्तृत ढंगले गरेका छन्।
गोटिहवाः लुम्बिनीबाट २९ किलोमिटरको दुरीमा रहेको गोटीहवा शाक्यमुनि बुद्ध भन्दा अघि क्रकुछन्द बुद्धको जन्म र निर्वाण प्राप्त गरेको स्थान हो। सम्राट अशोकले इशापूर्व २४९ मा भ्रमण गरी कक्रुछन्द बुद्धलाई समर्पण गरी निर्माण गरेको स्तम्भ गोटिहवामा रहेको छ।

निग्लीहवा अरौराकोटः लुम्बिनीबाट तौलिहवाको बाटो ३४ किमी दुरीमा निग्लीहवा अरौराकोट रहेको छ। निग्लीहवा र अरौराकोट गौतम बुद्ध अघिका कनकमुनि बुद्धको जन्म, ज्ञानप्राप्ति र निर्वाण प्राप्त गरेको स्थान हो। सम्राट अशोकले इशापूर्व २४९ मा भ्रमण गरी कनकमणि बुद्धको सम्झनामा निर्माण गरेको स्तम्भ निग्लीहवामा रहेको छ। डा फ्युहररले सन् १८९५ मा खोजी गरेको निग्लीहवामा सिञ्जाका राजा रिपु मल्लले सन् १३१२ मा भ्रमण गरेको उल्लिखित रहेको छ। हाल त्यहाँको अशोक स्तम्भ भाँचिएर २ टुक्रामा रहेको छ।

सगरहवाः लुम्बिनीबाट तौलिहवाको बाटो ३८ किमीको दुरीमा रहेको सगरहवा प्राचीन महत्वको स्थल हो। कपिलबस्तु राज्यमा राजा शुद्धोधन पछि शुद्धोधनका भतिजा भद्रक राजा भए। भद्रक पछि महानाम राजा भए। कपिलबस्तुमा महानाम राजा भएको समयमा कौशल राज्यमा राजा बिडुढव थिए। विडुढव राजाका पिता प्रसेनजित कपिलबस्तु आएका थिए। कपिलबस्तु बस्ने क्रममा प्रसेनजितले दरवारमा अत्यन्तै सुन्दर महिला बासभख्तिया देखे। प्रसेनजितले सुन्दरीसंग विहे गर्ने प्रस्ताव राखे। कपिलबस्तुका शाक्यहरुले ती सुन्दर महिलाका बारेमा प्रसेनजितलाई बनाउने अवसर नै पाएनन्। बिहे धुमधामले भयो। पछि प्रसेनजितको छोरा बिडुढव जन्मिए। बिडुढव एक दिन मामा घर कपिलबस्तु आए र लामो समय बिताए र फर्किए। तर फर्किदा उनले आफ्नो तरबार बिर्सिएछन् र तत्काल तरबार लिन फर्कदा उनले कपिलबस्तुमा प्रयोग गरेका सामान, बस्ने सबै ठाउँ सबै दुधले धोइरहेको देखे। किन दुधले धोएको भन्ने उनले सोध्दा विडुढवकी आमा कपिलबस्तुकी दासपुत्री हुन् त्यसकारण उनी पनि दासपुत्र भए। दासपुत्रीले प्रयोग गरेकोले धोएको भन्ने जवाफ पाए पछि आफ्नो बाबु र आफूप्रति भएको अपमानको बदला लिनका लागि ठूलो संख्यामा सेनाका साथमा सगरहवाबाट कपिलबस्तु माथि आक्रमण गरे । उनले करीव १०००० शाक्यको हत्या गरेर कपिलबस्तुको समूल नस्ट गरे। आक्रमण पछि फर्किने क्रममा बाढीले बगाई उनको मृत्यु भयो । कपिलबस्तु र कोषल राज्य मगधको अधिनमा गयो। तीनै शाक्यहरुको सम्झनामा बनेका धेरै स्तुपहरुको अवशेष र लम्बु सागर बौद्ध भूमिको महत्वपूर्ण पर्यटकीय स्थल हो।

दरवाहा सांस्कृतिक संग्राहलय
दरवाहा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा पर्दछ। लुम्बिनी देखि सूर्यपुराको बाटो २० किमीको दुरीमा पर्ने दरवाहामा प्राचिन भुवनेश्वरी कोटहीमाईको मन्दिर रहेको दरवाहामा प्राचीन दरवारका अवशेषहरु पनि देख्न सकिन्छ। सुखली खोलाको किनारामा रहेको दरवाहा आदिवासी जनजाति, मधेसीहरुको आराधना स्थल र प्राचिनकाल देखि नै कात्र्तिक शुक्ल पूर्णिमाको दिन देखि ३–४ दिन सम्म मेला लाग्ने स्थलको रुपमा परिचित रहेको छ।

गौतमबुद्धको जीवन संग सम्बन्धित रहेका रुपन्देही कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका माथि उल्लिखित स्थलहरु जोडी भविश्यमा बनाइने बुद्ध परिक्रमा कार्यक्रम संचालन गर्दा मध्य स्थलमा पर्ने पर्ने दरवाहा लुम्बिनीको लागि अत्यन्त आकर्षक स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ। संविधानसभा सदस्य गोपाल दहितले आफ्नो विद्याबारिधी मार्फत थारु जाति गौतमबुद्धका वंशज हुन् भनी आफ्नो शोधपत्रको निष्कर्ष प्रकाशन गरे पछि यस ठाउँको गौतमबुद्ध संगको सम्बन्ध अझ निकट हुन् पुगेको छ। शुद्धोधन नामले गौतमबुद्धको पिता संग जोडिएको छ। पिताको नामसंग जोडिएको गौतमबुद्धका सन्तति थारुहरुको संस्कृति संग जोडिएको हुनाले दरवाहा बुद्ध परिक्रमाको अभिन्न अंग बन्न सक्दछ। यसलाई थप विकास गर्न उजागर गर्न स्थानीय सरकारले यस क्षेत्रमा थप अध्ययन र खोज गर्दै पर्यटनको विकासको लागि सांस्कृतिक संग्राहलय निर्माणको लागि पर्यटकीय उद्देश्यले गर्ने लगानीलाई सांस्कृतिक संग्राहलयमा केन्द्रीत गर्नु आवश्यक छ।

प्राचिनकाल देखि थारु जातिको बसोबास रहेको दरवाहामा गौतम बुद्धका वंशज थारु जातिको जीवन झल्काउने सांस्कृतिक संग्राहलय निर्माण गर्ने र गौतम बुद्ध राजकुमार भएकाले दरवारमा बसे पनि उनको पाला देखि दरवार बाहिर बसेका सर्वसाधारण जनताको जीवन कस्तो थियो भनी बुझाउन भारतको राजधानी नयाँदिल्लीमा रहेको अक्षरधाम मन्दिरले भारतीय उपमहाद्विपको हिन्दु सभ्यता देखाउने आधुनिक प्रविधि सहितको श्रब्यदृश्य संग्राहलय संचालन गरे झैं सोही स्तरको विपश्यना ध्यान केन्द्र सहितको संग्राहलय बनाई पर्यटकलाई आकर्षण गर्ने केन्द्र बनाउँदै वर्षेनी लाखौंको संख्यामा आउने लुम्बिनीका पर्यटकलाई कम्तीमा १ दिन मात्र पनि शुद्धोधनमा भित्राउने र उनीहरुले गर्ने दिनको ४०–५० डलर खर्चलाई शुद्धोधनमा ल्याउने हो भने स्थानीय जनताको आम्दानीमा ठूलो बढोत्तरी गराउन सकिन्छ। पर्यटन उद्योगलाई उद्योगहरुको पनि उद्योग भन्ने गरिन्छ। पर्यटन उद्योगले धेरैलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्दछ। प्रत्यक्ष रोजगारी बाहेक पर्यटन उद्योगको विकासले प्रशस्त अप्रत्यक्ष रोजगारीको अवसर समेत बढाउँदछ।

पर्यटन बजारीकरणमा सामाग्रीको विक्री गर्न सामान पठाउने नभई पर्यटकीय स्थल समक्ष पर्यटकलाई आकर्षित गर्नु पर्ने भएकोले अरु क्षेत्रमा भएका प्रतिस्पर्धा गर्नु पर्ने भन्दा विशिष्ट प्रकारका अन्य संग प्रतिस्पर्धा गर्नु नपर्ने व्यापारिक सम्भावना विश्लेषण समेत गरी विविधता युक्त पर्यटकीय स्थल निर्माण निर्माण गर्न सक्यो उति पर्यटक तान्न सकिने हुनाले पनि शुद्धोधन गाउँपालिकामा सिमित साधनलाई कम सम्भावना भएका क्षेत्रमा लगानी गर्नु भन्दा तुलनात्मक लाभको क्षेत्र स्वरुप सांस्कृतिक संग्राहलय निर्माण गर्न सकेमा शुद्धोधन गाउँपालिका बाहेक यसको फाइदा रुपन्देही, कपिलबस्तु एवं नवलपरासी तथा सिंगो नेपालले लिन सक्दछ। त्यसका लागि ३ वटा जिल्ला र प्रत्यक्ष जोडिएका स्थानीय सरकारहरु तथा लुम्बिनी विकास कोष तथा सम्बन्ध सरोकारवाला मिली बुद्ध परिक्रमा क्षेत्र निर्माण गर्ने, क्षेत्रको प्रवद्र्धन गर्ने र कोरोना महामारी पश्चात परिक्रम क्षेत्रमा सार्वजनिक यातायात संचालन गर्न सकिन्छ।

स्रोतः आर्थिक सर्वेक्षण, अर्थ मन्त्रालय
लुम्बिनी विकास कोषको वेवसाइट
बुद्ध र लुम्बिनीः राजन बस्नेत र सुमन्तराज न्यौपाने

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com