About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
मेरो बिबस जिन्दगी

लक्ष्मण प्रसाद भट्ट शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

जिन्दगीको गोरेटोमा रुमल्लिदै जाँदा (हिड्दा) कति छिट्टै ३३ अौँ  बसन्त पार भएछ पत्तै भएन। यति छिटो जिन्दगीका गोरेटाहरु काटिन्छन् भन्ने मैले सोच्नै सकेको थिइन तर आज प्रत्यक्ष रुपमा त्यसको अवलोकन गर्ने मौका पाए र बिगतमा मैले पार गरेका त्यस्ता जिन्दगीका अनगिन्ती मोडहरुलाई एकपल्ट पर डिलमा नफर्कि हेर्न सकिन । पछाडि फर्केर हेर्दा बेक्कार हेरिएछ जस्तो पनि लाग्छ तर त्यही यथार्थ थियो जसलाई लुकाउन खोजेपनि लुक्दैनथ्यो र बिर्सन खोजेपनि बिर्सिन्नथ्यो । हो रहेक मान्छे जस्तै आँसुको भेलबाट सुरु भएको थियो मेरो जिन्दगी अनि दुखैदुखका जन्जिर चुडाउदै पार भएको थियोे मेरो जिन्दगी  फरक यति मात्रै थियो कि अरुले दुखपछि सुखको अनुभुती गर्न पाएका थिए होलान् तर मैले आजसम्म पनि सुख भन्ने कुन चरीको नाम हो चिन्नै पाएको छैन ।

अनुभव गर्न त परै जावस् एउटा दुखको भुमरीमा समाप्त हुन नपाउदै एक एक गरी लस्करै दुख माथि दुख थपिदा त्यसको हालत के होला ठिक त्यही किसिमले पार भएको छ मेरो जिन्दगी ।त्यसैले कहिलेकाही म आफैलाई प्रश्न गर्छु आँखिर मलाई मात्र यो दुख कहिलेसम्म रुफेरि आफैले यसको उत्तर पाउने कोसिस गर्छु तर मलाई अझैसम्म पनि सही उत्तर मिलेजस्तो लाग्दैन । किनकि मैले सहि उत्तर पाएको भए मेरा सारा समस्याहरू समाधान हुने प्रशस्त मार्ग देखिन्थ्यो ।त्यसैले होला आज म दुखीको घरमा मात्र तेरो बास हुने भए हे इश्वर दया राखी मलाई अझ दुख दे भन्ने स्व। बालकृष्ण सम को भनाइबाट प्रभावित भइ ईश्वर सँग दुखकै लागि हात फैलाउदै छु । १० बर्षको कलिलो उमेरमै यात्राबाट सुरु भएको थियो मेरो जिन्दगी केवल एउटा गन्तव्य हिन यात्राबाट ।मलाई आफन्तले कता लादै थिए केही थाहा थिएन माघ महिनाको जाडो त्यसमाथि एउटा फाटेको हाफ पाइन्ट र पातलो कमिज अनि नाङ्गा खुट्टा बाट सुरु भएको मेरो यात्राले अझै पनि बिश्राम पाउन सकेको छैन रुप रङ्ग बदलियो नाङ्गा खुट्टाको ठाउँमा बिदेशी जुत्ता आयो ,फाटेको हाफ पाइन्टको बदलामा बिदेशी पाइन्टले डेरा जमायो,तर यात्रा भने उही पुरानो ।न त त्यसको कुनै गन्तव्य नै भेटिन्छ न त कुनै मार्ग नै पहिल्याउन सकिन्छ । स्कुल जादा पनि कैयौं समय त मैले नाङ्गा खुट्टा लिएर जानुपरेको थियो । पुरानो कपडा ,खाली खुट्टा ,हातमा कापी र सिसाकलम ,अनि घण्टौँ सम्मको हिडाइमात्र ,मेरालागि प्रयाप्त थिएन ।त्यसमाथि पनि साथीभाइको पिटाइ थियोे ।स्कुलमा सबैजना खेल्थे रमाउथे आ(आफुले ल्याएका खाजा खान्थे तर म भने उनीहरुको माझमा एउटा दर्शक बन्थे ।उनिहरुले खाएको हेरेर पनि आफ्नो मन बुझाउथे ।त्यसबेला यस्तो लाग्थ्यो कि मलाई पनि कसैले दया देखाउदो हो त म पनि भरपेट खान्थे र आफ्ना साथीभाइ सँगै मिलेर खेल्थे ।तर मेरालागि ती अवसर हरु कहिल्यै आएनन् । न त मेरा साथीहरूले चिन्न नै सके न त म उनीहरुसँग मिल्न नै।म जति जति साथीहरू सँग नजिक हुन खोज्थे त्यति त्यति उनिहरुबाट तिरस्कृत हुन्थे या त हाँसोको पात्र बन्थे त्यति बेलै मेरो बाल मस्तिष्कमा एउटा गहिरो छाप पर्ने गर्थ्यो ।

आखिर मेरो यस्तो किसिमको बिबस र लाचार जिन्दगी कहिलेसम्म रु सर्पले काँचुली फेरेझै समयले काचुलि फेर्यो हिजोको दिनमा म नबुझ्ने बालक म अलि ठुलो भय , बुझ्ने भय त्यसबेला पनि दुःखमाथि झन ठुलो दुख थपिदै गयो कुकुरले टोक्नु ,पानिमा डुब्नु , रूखबाट लड्नु , खुट्टा खोच्याएर हिड्नु , अनि हरेक दिन आफन्त बाटै हेपिनु प्रायस् सामान्य हुन थाल्यो ।

यहि समय देखि नै मैले सोच्न बाध्य हुनुपर्यो कि मेरो जिन्दगीका खुशिका क्षणहरू आबस्यकता भन्दा कम मात्रामा आउछन भनेर मेरो अनुमान लाई म आफैले सहि या गलत आजसम्म पनि जे जस्तो भोग्दै आएको छु दुखभन्दा अरू केहि छैन ।

कहिलेकाहि त यस्तो लाग्छ यो भन्दा ठुलो दुख आइपरोस तर सोचेको मात्र सबैलाई काहा पुग्छ ररु यात्राकै दौरानमा मेरो जिन्दगीका पाईलाहरूले नयाँ भुमिमा पाईला टेक्दै जान थाल्यो ।

फलस्वरुप म पनि जिन्दगी सँग सम्झौता गर्न बिरानो ठाउँमा आइपुगे त्याहाँ बसाइका क्रममा धेरै कुराको अनुभब बटुलियो दुख देखि त डराउन छोडिसकेको थिए जति सुकै ठुलो दुख आइपरेतापनि म खट्न सक्थे त्यसैले होला मलाई यो मोडमा परिस्थितिसँग कसरि जुध्ने नयाँ परिबेसमा कसरि रमाउने,दुखलाई कसरि सहज तुल्याउने जस्ता कुरा नजिक बाट नियाल्ने सु अबसर प्राप्त भयो ।

बिभिन्न कठिनाईले गर्दा निराश हुन बाध्य भएको म एकाएक परिस्थिति सँङ जुध्न पुगे भोको पेट भएतापनि म प्रसन्न बनाउन थाले भित्रभित्रै छातिमा गहिरो चोट लागेर घाउ भएतापनि अरूको नजरमा हास्न बाध्य भए मेरा लागि समयले दिएको ठुलै उपहार स्वरूप यसलाई मैले आजसम्म पनि आत्मसाथ गर्दै आइरहेको छु ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने
जनता समाजबादि पार्टी नेपालको बसहिया कार्यकर्ता भेला सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com