About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
मूलधारको राजनीतिमा युवा कहिले स्थापित हुन्छन ?

सौरब न्यौपाने शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

विगतलाई नियालेर हेर्ने हो भने युवा नै हो जो लोकतन्त्र / गणतन्त्र ल्याउन अघि सरेका थिए । अझ सामाजिक कार्यमा भन्ने हो भने युवाहरु नै अग्र स्थानमा छन् तर, हामिले कहिल्यै सोच्दैनौ अझै पनि युवाहरु मूलधारको राजनीतिमा किन उदाउन सकेको छैनन् भनेर ?

वर्तमान अवस्थामा हेर्ने हो भने युवाहरु सामाजिक काममा धेरै नै अघि छन् । सडकमा भोका रहेका मानिसहरूलाई निशुल्क खाना दिएका छन् । अहिले भै रहेको कोरोना कहरको समय हेर्ने हो भने पनि काठमाडौ देखि पैदल हिडेर आफ्नो घर जाँदै गरेका मानिसहरुलाई ठाँउ ( ठाउँमा खाना पानी र बासको ब्यवस्था गर्न युवाहरु नै अघि छन् । यस्तै सामाजिक कामहरु गरेर युवाहरू उदाहरणीय बन्दै गएका छन् ।
विभिन्न भातृ संगठन बनाएर युवाहरूलाई चुनावको बेला प्रयोग गरि आफ्नो पार्टीको नेता जिताउन , आफ्नो पार्टीको नेता भ्रष्टाचार तथा विभिन्न कानुनी कार्वाहीमा पर्दा हाम्रो नेतालाई रिहाई गर भन्दै सडकमा आन्दोलन गर्न प्रयोग गरेका छन् । जस्ले गर्दा देशमा आज भ्रष्टाचार तथा लुटतन्त्रले देश बिकास हुन सकेको छैन ।

युवाहरुलाई भातृ संगठनभित्र मात्र सिमित राख्दा नसा(नसामा बगेको मुलधारको राजनीतिमा आएर देश बनाउन्छु भन्ने उर्जा उनीहरुले गुमाउँदै गएका छन् । वर्तमान अवस्थामा हेर्ने हो भने युवा पुस्ता अब मुल धारको राजनीतिमा आएर देश बनाउनु पर्छ भन्ने बहस धेरै चलिरहेको छ । हामीले देशमा भ्रष्टाचार , लुटतन्त्र अत्ति भयो भनी रहदा अब युवालाई मुल धारको राजनीतिमा नल्याई सधै भातृ संगठनमा राख्ने प्रथा पनि अत्ति नै भयो भनेर प्रत्येक राजनीति दलमा यो आवाज उठाउन जरुरी छ ।

जब सम्म युवाले आफ्नो नेतालाई हामी काहा नीर कम्जोर छौं रु जस्ले गर्दा हामीलाई आज सम्म नेतृत्व तहमा राख्न नखोजेको भनेर प्रश्न गर्न जरुरी छ । हामीलाई भातृ संगठनमा मात्र राखी सधै चुनाव जिताउन , भ्रष्टाचारि नेता जेल गए हाम्रो नेतालाई रिहाई गर भन्दै प्रयोग गर्ने हो रु भन्दै जवाफदेही बनाउन जरुरी छ । यदि यसो गरिएन भने युवा पुस्ता कहिल्लै नेतृत्व तहमा पुग्न सक्दैन ।

विभिन्न पार्टीमा रहेका युवाहरूलाई सकारात्मक भएर यति कुरा बुझिदिन मेरो अनुरोध ू यसो गरौँन , तपाई आफ्नो पार्टीको विधान पढ्नु होस् म पनि पढ्ने छु । कहाँ नीर लेखेको रैछ आफ्नो पार्टीको नेताले भ्रष्टाचार र लुटतन्त्रमा सामेल हुँदा त्यसको विरुद्धमा आवाज उठाउन हुन्न भनेर  ‌नेपालको राजनीतिमा नितिमा हैन , नियतमा खडेरी लागेको छ। त्यसैले त्यो स्वार्थ नियतको, भ्रष्टाचार र लुटतन्त्रको अन्त्य गर्न हामी युवाहरु सकारात्मक सोच बोकेर अघि बढौँ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमित दिने सिसिएमसीको निर्णय
कांग्रेस सभापति देउवासंग सत्ता समीकरणको विषयमा छलफल नभएको अर्थमन्त्री विष्णु पौडेलको दावी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com