About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ

Darpanpost मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

पुरुष र महिलामा को उत्कृष्ट । समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।

म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् । पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् ।

पछिल्लो समयमा महिला दमन, हिं’सा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो । पुरुषविना महिलाले मात्र संसार चल्छ रु पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

#ईमेचिबाट

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com