About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कुलमानलाई सामाजिक सञ्जाललेनै नियुक्ति दिएको होला, सरकारले दिएको छैन : सरकारका प्रवक्ता

Darpanpost बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’


केहिदिन अघि सामाजिक संजालमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागी पुन नियुक्ति दिइएको समाचार भाइरल भएको थियो ।

सोही दिन बेलुकी उर्जा मन्त्री वर्षमान पुनले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका थिए ।

दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ ।

उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आएपछि जनताहरुले घिसिङलाईनै पुन नियुक्ति दिनुपर्ने माग जोडतोडका साथ उठाईरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com