About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
आइसोलेसनबाट कोरोना संक्रमित संचारकर्मिको मन छुने स्टाटस , परिवार र समाजलाइ सन्देश पठाए

किरण भुर्तेल बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

(संक्रमितको दैनिकी )

कावासोती ,नवलपुर। केही समय अघि कावासोतीमा केही संचारकर्मिहरुलाइ कोरोना संक्रमण देखियो ।अहिले उनिहरु रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत छन।उनिहरु आइसोलेसनबाटै सामाजिक संजाल तथा विभिन्न मिडियाहरु मार्फत बिभिन्न सन्देशमुलक गतिविधि गर्दै समाज र कोरोना संक्रमित हरुको मनोबल बढाउने काम गरिरहेका छन।उनै संक्रमित मध्यका एक हुन संचारकर्मी अर्जुन अबिरल ।उनले पनि सामाजिक संजालमार्फत चिकित्सालयमा भैरहेको गतिविधि तथा विभिन्न सन्देशमुलक सामाग्री हरु सम्प्रेषण गरिरहका छन।यसैक्रममा आज उनले प्रकृति सङ्ग जोडेर एउटा मार्मिक अनि सन्देशमुलक स्टाटस सामाजिक संजाल फेसबुकमा लेखेका छन। उनले आफू उपचाररत रहदा आफ्नो घर परिवारलाइ र अन्य कोरोना संक्रमितलाई समाजले गरिरहेको व्यवहार र अहिलेका धनाड्य तथा वौद्दिक जमातको सोचमाथी तीखो प्रहार गरेका छन।

अर्जुन अबिरलको फेसबुक स्टाटस :

……… बाहिर मेघ गर्जिरहेको छ । दक्षिणबाट उत्तरतर्फ चिसो पवन वहिरहेको छ । पवनसंगै मेघहरू पनि बेतोडले दौडिरहेको छ । लाग्छ कि ती मेघहरू मेरै शहर, मेरै घर अनि मेरै गाउँतिर दौडिरहेको छ । म झ्यालबाट चिहाईरहेको छु । पछाडिको ढोका खोलेर ती पवनसंग म रमाईरहेको छु । धानखेतमा ती पवनहरू बहेली खेल्दै मच्ची मच्ची हिडिरहेका छन् । म हेरिरहेछु । घरि घरि ती पवनले बहेली खेलेझै मेरो मन भित्र पनि डरले बहेली खेल्न खोज्छ म जबरजस्त ती बहेलीलाई रोक्न खोज्छु । गर्जनसहित आएको मेघलाई रोक्दै एउटा सन्देश मेरो गाउँ, मेरो घर अनि मेरो शहरमा पुर्याउन आग्रह गर्छु । मेरो घर, परिवार अनि आफन्तजन सम्पूर्णमा म कुशल रहेको सन्देश पठाएँ । ८ बर्षको छोरो र १३ महिनाकी छोरीलाई बाबा छिट्टै आउनुहुन्छ भन्ने सन्देश लगिदिन आग्रह गरें । मेरो गाउँका छरछिमेक सम्पूर्णमा नआत्तिन, म अनि हामी सबै निको भईसकेको र छिट्टै गाउँ फर्कने बाचा सहितको सन्देश पठाउएँ । सबै सुरक्षित तरिकाले बस्न, आफ्ना काम पनि सुरक्षित तरिकाले घरमै बसेर गर्न, खेतिपाती, मेलापात, गाईभ‌ैसीको स्याहार गरिसकेपछि र अघि पनि बेसार पानी, महपानी, तातोपानी, कागतीपानी लिईरहन आग्रह गर्दैको सन्देश पनि त्यही मेघ मार्फत् पठाएँ । मेरो शहर जहाँ स्वार्थीहरूको जमात् छ । जो ३र४ तला माथी बस्नु हुन्छ । हामी त्यही मुनि बाटोमा हिडेको भरमा । गल्ली र झ्यालबाट हेरेको भरमा अनि तपाईकै घरमुनि बसेको भरमा मलाई सर्यो कि भनेर शंका नगर्नु । बरू सक्नुहुन्छ भने मेरो परिवारलाई केही अप्ठ्यारो छ कि बुझिदिनु होला । तपाईं पनि सुरक्षित रहनु । बनको बाघले नखाँदै मनको बाघले खुवाउने काम नगर्नु । बेसार पानी, महपानी, तातोपानी लिईरहनु । हरेक क्षेत्रमा तपाईहरूको ठूलो पहूँच छ । स्वास्थ्यकर्मीहरूसंग पनि तपाईहरूको पहूँच छ । बेला बेलामा चेक गरिरहनु । आहार(विहारमा ख्याल गर्नु । अरू सब ठीक हुन्छ । सबैले यही नियम पालना गर्दै गएपछि पक्कै पनि यो रोगले कसैलाई भेट्न सक्दैन । यही सन्देश मैले मेघलाई पुराईदे भन्दै गर्दा ऊ पीडाले हो कि कुन्नि बर्षात् गराउँदै गयो …………….

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com