About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
पाथीभरा माताको दर्शन गरि मगलबार देखी सोमबार सम्मको साप्तहीक रासीफल हेर्नुहोस

Darpanpost सोमबार, आषाढ २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

राशिफल साप्ताहिक राशीफल

मेष —भोजभतेरमा सहभागीहुने अवसरमिलेतापनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुने, स्वास्थ्यमा समस्या आउनसक्छ ,भुमिवाहनबाट नोक्सानी ,अकं ३, शुभरगं हरियो , पश्चिम दिशाशुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

बृष— दाजुभाइ विचमा विवाद आउन सक्छ । आकस्मिक यात्रा हुनेछ । छातीमा समस्या तथा जग्गाजमिनमा लगानी, व्यापारमा घाटा , जागीरको अवसरमिल्नेछ । मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ । शुभ अकं ९ शुभ रगं पंहेलो पश्चिम दिशा शुभ ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।

मिथुन—भै—झगडामा फस्ने योग रहेकोछ । राजनितीमा खासै राम्रोहुनेछैन् । वैदेशिक क्षेत्रको चिन्ताले सताउनेछ । व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट हुनुका साथै साथीहरुले सताउनेछन ् । शुभ अकं १ रातो रगं दक्षिण दिशा शुभ रहेको छ । ॐ बाशुदेवाय नमः मन्त्र जप तथा चिनी दान गर्दा राम्रो हुनेछ ।

कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, तर्कवितर्कले सताउने छ । चिन्ता बढेर जान सक्छ । शुभ अकं ,७ रगं हरियो दक्षिण दिशा शुभ रहेको छ। ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।

सिंह — भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् सावारी दुर्घटना, वैदेशिक कार्यमा अवरोध हुने छ । शुभ अकं ५ शुभ पंहेलो रगं ,दिशा पुर्व ॐ नम शिवाय नमः मन्त्र जप तथा फलफुल भोजन गराउदा राम्रो हुनेछ ।

कन्या —सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्ने ,साथीभाईबाट सहयोग , व्यवसायमा सफलता मिल्ने छ । बैदेशिक काममा ढिलासुस्ती हुनेछ । शुभ अकं ६ , कालो रगं र पुर्वदिशा शुभ रहेको छ । ॐ दुर्गा देव्यै नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ।

तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ । रमाइलो यात्रा , माया प्रेमको वातावरण सृजना हुने ,शुभ अकं ३ ,रगं हल्का हरियो पश्चिम दिशा शुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

बृश्चिक— पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् । शुभ अकं ७ रगं रातो ,उत्तर दिशा शुभरहेको छ । ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।

धनु—समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । शरीरमा आलस्य आउने छ । घमण्ड आउन सक्छ । साहित्य लेखनमा मन जानसक्छ । शुभ अकं ,८ रगं पंहेलो ,पुर्वदिशा शुभरहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

मकर— शंका तथा गलत कार्यमा मन जान सक्छ । अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी । मानसिक आनन्दको अनुभूति हुनेछ । ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ ,शुभ अकं ,९ , रगं कालो । दक्षिण दिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।
कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन्। विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं ४ पंहेलो रगं पश्चिम दिशा शुभ ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा दुध दान गर्दा प्रगति हुनेछ ।

मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने , नयाँकामको सुरुवात , अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ , शुभ अकं २ , सेतो रगं एवं पश्चिम दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com