About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
चीनले गर्यो आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा

Darpanpost शुक्रबार, आषाढ ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं : चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको छ । लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चिनले रिहा गरेको हो ।

रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ । भारत सरकारले भने सैनिकहरुको रिहाइबारे केही जनाएको छैन । गत सोमबार गल्वान उपत्यकाको विवादास्पद सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए ।

घटनामा ७६ भारतीय सेना घाइते भएको बताइएको छ । घटनापछि केही सैनिक सम्पर्कविहिन बनेका थिए । बुधबार दुई देशका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको समाचार सार्वजनिक भएको थियो । विवाद कम गर्न दुई देशका उच्च सैन्य अधिकारीबीच पनि वार्ता भएको थियो ।

वार्तामा भारतीय पक्षले राखेको पहिलो मागअनुसार चीनले आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा गरेको अनुमान गरिएको छ । (एजेन्सी)

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com