About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी ह त्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिं सा फैलिए

Darpanpost सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी : एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ ।

मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ ।

एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रुक्सको हत्या नै भएको स्वास्थ्य परीक्षणबाट खुलेपछि अमेरिकी शहरहरुका सडकमा प्रदर्शन हुनुका साथै स्थानीय प्रहरी प्रमुखले राजीनामा गर्नु परेको छ ।

क्रुद्ध प्रदर्शनकारीले ब्रुक्सको हत्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आगो लगाइदिएका छन् । ब्रुक्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेस्र्याएर मानिसको आवतजावतमा अबरोध गरेको भन्दै प्रहरीले उनीमाथि गोली चलाएको थियो ।

एटलान्टाका मेयर केशा लान्स बटम्सले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिइसकेको घोषणा गर्नु भएको थियो ।

मेयर बटम्सले प्रहरीले शक्तिको दुरुपयोग गरेको भन्दै क्षमा माग्नु भएको थियो । ब्रुक्समाथि गोली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ ।

फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौजदारी अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिए ।

गत शुक्रबारको यो घटना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए । वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अवरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो ।

तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रुक्सबीच भनाभन हुनुका साथै हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भिडियो फुटेजमा दुई जना श्वेत प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिएको छ । यहीबीच प्रहरीकै हतियार खोसेका ब्रुक्समाथि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तर प्रहरीबाट खोसिएको हतियार घातक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् । प्रहरीसामु अन्य थुप्रै विकल्पहरु हुँदाहुँदै प्रहरीले गोली चलाएको आरोप प्रहरीमाथि लागेको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com