About Contact
३१ आषाढ २०७७, बुधबार
Close
बिज्ञापन
कोरोना माहामारी संसदवादीहरुका लागि “लैनो भैसी “

Darpanpost आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । नेकपा ( क्रान्तिकारी माओवादी ) सम्बद्ध अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य तथा दाउन्नेदवी प्रावि बर्दघाट १४ का प्राधानाध्यापक कुर्वान अलि अन्सारीको श्रद्धाञ्जलीसभा सरावल गाउपालिकास्थित गोबरहियामा भएको छ ।
सभामा बोल्ने बक्ताहरुले अन्सारीले शैक्षिक तथा सामाजिक क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै अन्सारीको ब्यक्तित्व अनुकरणीय रहेको बताएका थिए ।

नेकपा(क्रान्तिकारी माओवादी) नवलपरासीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सो पार्टीका जिल्ला सेक्रेटरी छविलाल खरेलले अन्सारीले पार्टीमा खेलेको भुमिकाको चर्चा गर्दै अल्पसंख्यक परिवारमा जन्मेर पनि अन्सारीले परिर्वतनको पक्षमा उभिएको बताउनुभयो । उहाँले यसबेला कोरोना महामारीका बेला समेत संसदवादी तथा नक्कली कम्युनिष्टहरुले कोरोना भाइरसलाई लैनो भैसीको रुपमा प्रयोग गरेको बताउनुभयो । नक्कली कम्युनिजष्टहरुको बिगबिगी छ, गाउघरमा ठगी धन्दा चलेको छ , दमन शोषण चलेकैछ – खरेलले भन्नुभयो –कोरोना भाइरस सत्ताधारी र सबै संसदवादीहरुका लागि लैनो भैसी भएको छ । २०७२ सालमा भुकम्प आउदाँ यिनीहरुलाई लटरी परेको थियो । कोरोना माहामारीका बेला भष्ट्रचार बढेको उहाँको भनाई थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवि पाण्डेय, दाउन्नेदेवी प्राविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर अधिकारी शिक्षक बिमला लामिछानेलगायतले शोक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अन्सारीका छोरा मिराजले समेत बोल्नुभएको थियो । कार्यक्रम क्रान्तिकारी माओवादी नेता बृजदेव पाण्डेयको अध्यक्षता सो पार्टीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा क्षेत्रीको संचालनमा भएको थियो । अन्सारीको यही जेठ १५ गते हृदयघातका कारण निधन भएको थियो । त्यस्तै आइतवार नै दाउन्नेदेवी प्राविले श्रद्धाञ्जली सभा सम्पन्न गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्नै, सदस्यताका लागि आह्वन
गुड्न थाले सार्वजनिक यातायात

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com