About Contact
३१ आषाढ २०७७, बुधबार
Close
बिज्ञापन
संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश

Darpanpost आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं : सरकारले आज (आइतबार) संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गरिने छ ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गराई संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समितिले संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । राजपाबाहेक संसदमा रहेका सबै दलले संविधान संशोधनमा समर्थन जनाउने निर्णय गरेका छन् ।

मधेस केन्द्रित दल राजपा र समाजवादी पार्टीले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् ।

सरकारले भने यो नितान्त भूगोलको अन्तर्राष्ट्रिय सीमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताएपछि राजपा नेताहरु संविधान संशोधनको अलग्गै प्रस्ताव दर्ता गराउन खोजेका थिए । तर संसद सचिवालयले संविधान संशोधन जस्तो विषय निजी विधेयकका रुपमा प्रस्तावका रुपमा लैजान नमिल्ने भन्दै दर्ता अस्वीकार गरेको थियो ।

जेठ १४ गते नै संसदमा विधेयक प्रस्ताव गर्ने कार्यसूची सार्वजनिक गरेपनि सरकारले पछि कार्यसूचीबाट हटाएको थियो । दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले गत मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ।

लिम्पियाधुरा, कुटी, गुञ्जी, नाबी, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।

त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्नै, सदस्यताका लागि आह्वन
गुड्न थाले सार्वजनिक यातायात

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com