About Contact
३१ आषाढ २०७७, बुधबार
Close
बिज्ञापन
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

Darpanpost आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी भएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ७२० जनाको निधन भएको छ । तीमध्ये १३७ जनाको पछिल्लो २४ घण्टामा निधन भएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या ६९ हजार ५९७ रहेको जनाएको छ । मन्त्रालयका अनुसार अरु ५१ हजार ७८३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका अधिकारीहरुले कुल सङ्क्रमित मध्ये ४१.३९ प्रतिशत निको भएको जानकारी दिएका छन् । देशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण निधन भएका १३७ जना मध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको निधन भएको छ । त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बंगालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई दुई जनाको निधन भएको छ भने हरियाणामा एक जनाको निधन भएको छ ।

देशभरी कोरोनाका कारण निधन भएका कुल तीन हजार ७२० जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् । त्यसैगरी गुजरातमा ८०२, मध्य प्रदेशमा २७२, पश्चिम बंगालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको निधन भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्नै, सदस्यताका लागि आह्वन
गुड्न थाले सार्वजनिक यातायात

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com