About Contact
३१ आषाढ २०७७, बुधबार
Close
बिज्ञापन
Breaking: आज थप १९ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

Darpanpost आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमान्डौ , नेपालमा आज एकैदिन थप १९ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको अनुसार अहिलेको अध्याबधिक विवरण अनुसार थप १९ जनालाई कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर बिकाश देबकोटाले बताएका छन् ।जसमध्य पुरुष ५२४ महिलाहरु ७९ जना रहेको उनले बताए ।

प्रबक्ता देबकोटा अनुसार आज मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्कने ८७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
बाढीकाे कारण नवलपरासीको जनजिवन कस्टकर बन्दै
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्नै, सदस्यताका लागि आह्वन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com