About Contact
०७ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
देवि ज्ञवाली भन्छन्, प्रचण्ड र रेणुको समर्थन छ, ओलीलाई सफल बनाउँछु (भिडियो हेर्नुस्)

Darpanpost शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नवनियुक्त भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आफूलाई प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको साथ र समर्थन रहेको बताएका छन् ।

उनले पार्टी अध्यक्षद्धयले आफ्नो भूमिकाको उचित मूल्यांकन गरेर आयोगको अध्यक्षको जिम्मेवारी दिएको समेत स्पष्ट पारे । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ज्ञवालीले आफूले कार्यकालको अवधिभरि एक रुपैयाँपनि भक्ता नलिने पनि घोषाणा गरे । आफू काम गर्न आएकोले सफल भएरै छाड्ने पनि ज्ञवालीको विश्वास छ ।

ज्ञवालीले भनेका छन्,”नेपालको सन्दर्भमा विगत ७० वर्षदेखि नेपालका सबै राजनीतिक दलहरुले भूमिहीन, सुकुम्वासीहरुको समस्या समाधान गर्नुपर्छ भनेर चाहे जुनसुके चुनाव आओस् । चुनावका बेलामा घोषणपत्रका धेरै पानाहरु रंगिए । आयोगहरु पनि बने । १२, १३ वटा आयोग बनेछन् । तर, समस्या त ज्युँकोत्युँ छ । अबपनि यो समस्या समाधान गर्नुपर्छ । चुनाव आउँदा सुकुम्वासी सम्झिने । अनि चुनाव सकिएपछि सुकुम्वासीको स पनि उच्चारण नगर्ने । यो खालको स्थितिलाई हामीले कतिञ्जेल राख्ने रु ” उनले आयोग गठनको प्रक्रिया कोरोना आउनुभन्दा अघि नै सुरु भएको पनि स्पष्ट पारे ।

पत्रकार धमलाले पार्टी नेतृत्वले तपाईको सही मुल्यांकन गरेको लाग्छ रु भन्ने प्रश्नमा उनले भने “एकदम गरेको छ ।” भरतपुर महानगरपालिकाको मेयरको चुनाव हारेको तपाईलाई फलिफाप भयो भन्दा हुन्छ रु त भनेर धमलाले राखेको अर्को प्रश्नमा उनले प्रष्ट्याए,”त्यसो नभनौं ।

यो हारेर दिएको होईन नि । देवी ज्ञवाली भन्ने मान्छे जिम्मेवारी दिनुपर्ने मान्छे हो । हिजो मेयरको लागि दिन लागेका थियौं । विविध कारण भयो । अब त्यता फर्केर नजाऔं । रेनु दाहाल र मबीच राम्रो सम्बन्ध छ । उहाँ अब हाम्रो पार्टीको मेयर हो । उहाँलाई स्थापित गरिएन भने मेरो पार्टी कसरी स्थापित् हुन्छ रु मलाई प्रचण्डको सहयोग र साथ छ ।”

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
ब्राउन सुगर सहित दुई जना भारतीय नागरिक पक्राउ
कपिलवस्तुमा खोलाले जीप बगाउँदा एक जनाको मृत्यु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com