About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
टेलिकमको कोरोना सर्वेक्षण, एकैदिन सात लाख सहभागी

Darpanpost बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले शुरू गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् ।

नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण शुरू गरेको थियो ।

 

‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि छ । ’

टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण शुरू गरेको हो । ८१४१५३ डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् ।

प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।

हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।

यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com