सुनवल । कोरोना भाइरस ( कोभिट १९ ) को महामारिले विश्व आतङ्कीत भैरहेको यो अवस्थामा बिश्वका अधिकांस मुलुकहरु यतिबेला कोरोना भाइरसबाट बच्न र यसको संक्रमण फैलिन नदिन लक डाउनको अवस्थामा छन् । यस्तो अवस्थामा देशभरिका दैनिक ज्याला मजदुरी गरि खाने , किसान र श्रमिक बर्गको जनजीवन कष्टकर बन्दै गैरहेको छ । अझ लक डाउनको प्रत्यक्ष मारमा देशैभरी कोठा भाडा गरि बस्ने विद्यार्थीहरु परेको देखिन्छ । घर जान आउन नपाउने र घरबाट ल्यायको खाद्यान्न सकिन लागेको भनि विद्यार्थीहरुका गुनासो बढीरहेको बेला पश्चिम नवलपरासीमा कोहि विद्यार्थी खाद्यान्न अभाव वा अन्य कुनै समस्यामा पर्नु भएको छ भने सम्पर्क गर्न अनेरास्ववियूका विद्यार्थी नेता रमेश नेपालीले अनुरोध गर्नुभएको छ ।
समस्यामा परेका विद्यार्थीहरुलाई सम्बन्धित स्थानिय तहहरु सङ समन्वय गराइ वा प्रत्यक्ष रुपमै सिङ्गो अनेरास्ववियू नवलपरासी सङ समन्वय गराइ समस्या समाधान गर्न सकिने नेपालीले बताउनु भयो । सरकारले आफ्नो सम्पुर्ण सम्यन्त्रहरु परिचालन गरि देश र जनतालाई कोरोना मुक्त बनाउने अभियान चलाइरहदा यतिबेला देशैभरी दैनिक ज्यालादारी गरि खाने , किसान , मजदुर श्रमिक बर्गहरुलार्इ प्रत्यक स्थानिय तहहरुमा राहत बितरण गरिरहेको छ ।
सरकारले जारी गरेको लक डाउनको समयमा अनेरास्ववियू मातहतमा रहेका सम्पुर्ण तहका कमिटीहरुले कोरोना भाइरस सर्ने तरिका , लक्षणहरु , सतर्कता र अन्य यसैसगं सम्बन्धित उपायहरु विभिन्न रचनात्मक तरिकाले सामाजिक सन्जालमा प्रस्तुत गरि सम्पुर्ण देशबासिलार्इ सचेत बनाउदै आइरहेको यो अवस्थामा यदि कोहि विद्यार्थी कुनै पनि समस्यामा परेका छन् भने तत्काल सम्बन्धित स्थानिय तहहरु सङ समन्वय गरि वा सम्बन्धित स्थानिय कमिटी हरुले राहत बितरण गरि समस्या समाधान गर्ने अनेरास्ववियूको केन्द्रिय नीति तथा निर्देशन रहेको र सरकारले जारी गरेको लक डाउनलाई पुर्ण रुपमा पालना गरि कोरोना मुक्त नेपाल र नेपाली भन्ने नेपाल सरकारको अभियानलाई आम नेपाली जनताले आफ्नो कर्तव्य सम्झी पालना गर्नुपर्ने समेत नेपालीले दर्पण पोष्ट सङ्गको कुराकानिमा बताउनु भयो ।